arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

आज दोस्रो चरणको स्थानीय निर्वाचन text size increase   text size decrease   Print    rss (२०७४ आषाढ १४, बुधवार)


प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ । कान्तिपुरमा समाचार छ । 

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सबै तयारी भइसकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदानमा सरिक हुन सबै मतदातालाई आग्रह गरेका छन् । यादवले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको बताए । कहींकतै जनताको मताधिकार कुण्ठित बनाउने प्रयास भए सुरक्षाकर्मीले समयमै त्यस्ता प्रयासलाई विफल पार्ने उनले बताए । 

ढुक्क भएर मतदान प्रक्रियामा सहभागी भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न आम मतदातालाई आयोगको आग्रह छ, मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, हामीलाई थाहा छ, वर्षायाम सुरु भइसकेको छ । मतदाताहरू वर्ष दिन पुग्ने बाली लगाउने तयारीमा हुनुहुन्छ । असार १४ गतेलाई आफ्नो स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित गर्ने महान् पर्वका रूपमा मनाउँदै भोलिपल्ट रोपाइँ पर्व मनाउनुहोस् ।

दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । 

नगरपालिकाका प्रमुख/उपप्रमुख, गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गर्नेछन् । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रत्येक वडामा ४ सदस्यमध्ये एकजना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ । प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने राजनीतिक दलले तीमध्ये एक पदमा अनिवार्य महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी प्रावधानले महिला प्रतिस्पर्धीको संख्या उल्लेख्य छ । पहिलो चरणमा निर्वाचित १३ हजार ४ सयमध्ये ४० प्रतिशत महिला छन् । नगरपालिकाको उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष पदमा करिब ९० प्रतिशत महिला निर्वाचित भइसकेका छन् । 

पाँच वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय निर्वाचन वि.सं. २०५४ सालको जेठयता भएको थिएन । ०५९ असारमा निर्वाचित जनप्रतिनिधिहरूको अवधि सकिएयता स्थानीय निकाय कर्मचारीको भरमा थियो । यतिबेला भौगोलिक पुन:संरचनापछिको अधिकारसम्पन्न स्थानीय तहको निर्वाचन भइरहेको हो । साविकका २ सय १७ नगरपालिका (महानगर/उपमहानगरसहित) र ३ हजार १ सय ५७ गाविसहरू संविधानअनुसार पुन:संरचना गरिएपछि ७ सय ४४ स्थानीय तहमा परिणत भएका छन् ।

मतदाता परिचयपत्र नभए वैकल्पिक व्यवस्था 

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि अपराहन ५ बजेसम्मको समय तोकेको छ । उक्त अवधिमा मतदान केन्द्रमा प्रवेश गरेकाले मात्रै मतदान गर्न पाउने प्रमुख आयुक्त यादवले बताए । मत खसाल्न आयोगले मतदाता परिचयपत्र अनिवार्य गरेको छ । मतदान केन्द्रहरूबाट परिचयपत्र वितरण गरिएको छ । कारणवश: कुनै मतदाताले परिचयपत्र प्राप्त गर्न नसकेमा निजको मताधिकार सुनिश्चित गरिएको उनले बताए । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयत्र नभएका व्यक्तिले पुरानो मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी पुर्जा वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा समेत मतदान गर्न पाउने आयोगले जनाएको छ । यस्तो सुविधा पहिलो चरणको निर्वाचनमा पनि दिइएको थियो । 

दोस्रो चरणको निर्वाचनमा ४८ संस्थाका ६ हजार ७ सय ३३ पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले ३५ जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता परिचालन गरेको जनाएको छ । नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरूलाई धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेलधुरामा अवलोकन भ्रमणको अनुमति दिइएको छ ।  कान्तिपुरमा समाचार छ । 

दुई चरणको निर्वाचनमा दुई प्रधानमन्त्री 

स्थानीय तहको पहिलो चरणको निर्वाचन गराउने बेला माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । दोस्रो चरणको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । कांग्रेस-माओवादीको सत्तासाझेदारीको सहमतिअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न गराएर दाहालले करिब १० महिनापछि जेठ १० गते राजीनामा दिएका थिए । सोही गठबन्धनबाट देउवा जेठ २३ गते प्रधानमन्त्री भएका हुन् । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी
स्थानीय दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना
तीन वटा प्रदेशका सबै जिल्लामा निर्वाचन मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहजनक शन्तिपूर्ण रुपमा सम्पन्न, तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो
दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी
दोस्रो चरणको स्थानीय निर्वाचन ! ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदै