arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

कांग्रेसको चुनावी कार्यक्रम १ को हंसपुर र २ को सुवर्णखालमा सम्पन्न, टोप बहादुर रायमाझी पटकपटक मन्त्री भएपनि जिल्लाको विकास नगरेको डा. रामबहादुर विसीको आरोपtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

प्रेमनारायण आचार्य

हंसपुर, सुवर्णखाल अर्घाखाँची २८ कात्तिक । नेपाली कांग्रेस प्रदेस सभा निर्बाचन क्षेत्र नम्वर १ को चुनावी प्रचारप्रसार कार्यक्रम आज  हंसपुरमा सम्पन्न भएको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका  केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मानबहादुर बिस्वकर्माले  कांग्रेसले अरुले पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउनु भएको छ । 


उहाले विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।

कांग्रेसका जिल्ला सभापति तथा निर्बाचन क्षेत्र नम्वर क का उम्मेद्धार बिष्णु प्रसाद खनाल (मुस्कान) ले जनताको सेवा गरिरहेको कारण पर्यटन, कृषि, र जनशक्तिको विकासबाट अर्घाखाँचीको कायापलट गर्नका लागि आफु उम्मेद्धार बनेको बताउनु भयो । उहाले जिल्लाको विकासमा आफुले र कांग्रेसले प्रमुख भुमिका निर्बाह गरेको बताउनु भयो । 

  कार्यक्रममा कांग्रेसका महासमिति सदस्य केसब श्रेष्ठ, जिल्ला सचिव बिष्णु भुसाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति केसवराज कुवर,  महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, लोकेन्द्र बिक , क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल, लगायतले मन्तब्य राख्नु भएको थियो । 

यस्तै नेपाली कांग्रेस अर्घाखाँची प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसीले नेपाली कांग्रेस एक्लैले चुनाव जित्ने बताउनु भएको छ । कांग्रेस देशको समृद्धीका लागी जनताको मन जितेर देशको पहिलो दल हो, कांग्रेसले बहुमत ल्याउँने भयो भने एमाले र माओवादी मिलेको नेता बीसीले बताउनु भयो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अर्घाखाँची सुवर्णखालका विभिन्न ठाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता विसीले कांग्रेस अतालिएको छैन अर्घाखाँचीमा बरु गठबन्धन भएका दलहरु अत्तालिएका छन, कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन नेता विसीले भन्नु भयो ।

विसीले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेस नै आवश्यक भएको दावी गरे ।

उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी माओवादीका रायमाझी २०६४ सालदेखी पटकपटक मन्त्री भएपनी जिल्लाले विकासको गती नलिएकाले यसपाली जिल्लाबासीले अवसर दिने बताउनु भयो  ।

प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले क्षेत्र नम्बर २ को विकासका लागी आफ्ना प्रतिस्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने बताउनु भएको छ । कांग्रेसले अरु पाटीले जस्तो जनतालाई झुठा आश्वसन नदिने बताउदै विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताएका छन ।

कार्यक्रममा कांग्रेस जिल्ला सचिव छविलाल पौडेल, महासमिती सदस्य यादवप्रसाद घिमिरे, नेता श्यामनाथ कास्यप, क्षेत्रीय सभापति तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतम , महाधीबेसन प्रतिनिधि इन्द्रमणि पौडेल, लगायतले मन्तब्य राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन काँग्रेसलाई जिताउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला सदस्य माधव प्रसाद पौडेल, हेमन्त वेल्वासे,  कांग्रेस नेता जय बहादुर टण्डन लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम सुवर्णखाल सभापती शन्तबहादुर सारुको अध्यक्षता र सचिव चिरन्जीवी बेल्वासेको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नवबर्ष २०६८ लाई स्वागत गर्दै अर्घाखाँचीबासी,धुमधामका साथ नयाँ बर्ष २०६८ मनाइदै,अर्घाखाँचीको माहोल रंगिन/बिदेशमा रहेका अर्घाखाँची बासी पनि खुशीयाली पुर्वक नयाँ वर्ष लाई स्वागत गर्दै
अर्घाखाँचीको सन्धिखर्कमा मैन बत्ती बनाउने तालिम सम्पन्न
जुकेनामा एक हप्ते पत्रकारीता तथा रेडियो उद्घघोषण तालिम सम्पन्न
अर्घाखाँचीमा एच.आइ.भी सक्रमित एक जनाको मृत्यु/तीन महिनामा ३ जनाको ज्यान गयो
दुई न्यायाधीस पदमुक्त/अर्घाखाँचीका न्यायाधीस अच्युत विष्ट लगायत अन्य चारजनालाई सचेत रहन चेतावनी
अर्घाखाँचीको ढिकुरा-गौचौरमा आगलागी हुँदा लाखौको क्षती, एक बालिका घाईते
अर्घाखांचीमा जनगणना सफलपार्न सचेतना गोष्ठी
एमाले अर्घाखाँचीद्वारा ज्येष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मान
एमाले अर्घाखाँचीको प्रथम जिल्ला प्रतिनिधि परिसद बैठक: निर्धारित समयमा संविधान निर्माण हुनेमा शंका
सहमति र सहकार्यको बाधक माओवादी र एमाले:- पुष्पा भुसाल
संविधान निर्माणमा माओवादी बाधक
एमाले अर्घाखाँचीले जनसभा गर्ने
जनआन्दोलन दिवस सम्पन्न
शान्ती र संविधान संकटमा
अर्घाखाँचीमा साना उद्योग प्रतिको आकर्षण
जेठ १४ भित्र संविधान बन्दैन - भुसाल
नौमुरे जल विद्युत परियोजनाको काम सुरु हुनेमा अर्घाखाँचीबासी आसावादी
अर्घाखाँचीको सन्धिखर्कमा २ दिने औद्योगिक वस्तु तथा प्रबिधि प्रदर्शनी मेला चालु
अर्घाखाँचीमा औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी हुने
अर्घाखाँचीको हसंपुर गाविस र गोखुंगा गाविसको बाझाखर्कमा गाडी पुगेपछि स्थानीय बासिन्दा पंचेवाजामा छमछमती नाचे/फुल माला र अबीर द्वारा भब्य स्वागत
http://go.oclaserver.com/afu.php?zoneid=1465736