arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

आठ वर्षको कारागार पछी सफाई text size increase   text size decrease   Print    rss (२०७३ माघ १८, मंगलवार)

world news

कर्तब्य ज्यान मुद्दाको आरोपमा करिब आठ वर्षको कारागार जीवन बिताएपछि केराबारी गाविस ३ का नारायण ढकालले सर्वोच्च आदालतबाट सफाई पाएका छन्। २०६६ सालमा १८ वर्षको उमेरदेखि सात वर्ष ११ महिना जेल जीवन बिताएका उनलाई अन्ततः माघ १७ गते सोमवार सर्वोच्चले सफाई दिएको हो। २०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वोस्व सहित जन्मकैदको फैसला भएपछि उनी पुनराबेदन पुगेका थिए। त्यहाँबाट पनि सोही सदर भएपछि सर्वोच्च पुगेका ढकाललाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देबेन्द्रप्रसाद श्रेष्ठको इजलासले सफाइको फैसला गरेको हो।

केराबारी ५ का तेजबहादुर रेग्मीले आफ्नी छोरीको हत्या गरेको आरोपमा ढकालमाथि कर्तब्य ज्यान मुद्दा दायर गरेका थिए। आठ वर्ष ब्यर्थ कारागार जीवन बिताउनु परेको प्रति दुखित हुँदै ढकालले भने सत्यको जित हुँदो रहेछ, आखिर मैले न्याय पाउँछु भन्ने थियो, पाएरै छाडेँ। जौवारीको परोपकार आदर्श माविमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उर्तीण गरेर कक्षा ११ मा पढ्न थाल्दै गरेका उनले त्यसयता कारागार जीवन विताउनु परेपछि पढ्न पाएनन्। अहिले उनी २६ वर्षका भए। केही गरौँ, पढौँ भन्ने उमेर गयो, अब भाग्यले कता लैजान्छ फैसलापछि गहभरी आँसु बनाउँदै उनले भने एक मिनेटको त महत्व हुन्छ, कल्पना गर्नुस् त आठ वर्ष, कसरी बताउँ, भन्न, सोच्न पनि सकेको छैन।

७ वर्ष ११ महिनाको जेल जीवनमा उनी ११ महिना उपचारका लागि केन्द्रिय कारागार बसे। कर्तब्य ज्यानमा मुद्दा परेपछि प्रहरीले बोलाउँदा उनी आए। हजुरआमाले लाईट लिएर जानु, आउँदा अँध्यारो हुन सक्छ भन्नुभएको थियो ढकालले भक्कानिँदै भने तर म त्यसपछि घर आईन, आज (मंगलवार) हजुरआमा बितेको १३ दिन, दुई हप्ता अघि मात्रै फैसला भएको भए हजुरआमा कति खुसी हुनुहुन्थ्यो होला। उनले सफाई पाएको खबर सबैभन्दा पहिले काजक्रियामा बस्दै गरेको बाबुलाई टेलिफोनमा सुनाए। घरमा हत्तपत्त फोन गरेँ, तपाईहरुको फैसला नै सर्वोच्चले गर्‍यो भनेँ, कोरा बस्नुभएका बा धेरै खुसी हुनुभो, बा, आमा फोनमै रुन थाल्नु भो  खुसी साट्दाको क्षण सम्झँदै उनले भने। एक दिदी र दुई दाजु र परिवारका कान्छा सन्तानको रुपमा ढकाल छन्। बाबु शिबलाल र आमा सुमित्रा खेती किसानी गर्छन। आठ वर्ष सम्म मुद्दा लड्दा लागेको खर्च उनी अहिले सम्झन सक्दैनन्। भन्छन् पैसा खर्च कति भयो कुरै नगरौँ, न्याय पाएँ, पैसा र न्यायको तुलना के गर्नु ? सँगै उनले थपे भविष्य भने अन्धकार भो।

आफ्नो केही गरौँ भन्ने र भविष्य बनाउने उमेर जेलमा विताउनु पर्दा, आठ वर्ष सम्म परिवारलाई परेको आर्थिक मानसिक र सामाजिक दबाब, हजुरआमालाई नातीले गल्ती नगरेको खबर सुनाउन नपाउनु, यी तीन कुराले भने ढकालको मन कुँडिएको छ। सात वर्षको पुरा समय कारागार शाखा गोरखामा बिताए। केही वर्षदेखि उनी कारागारको चौकीदार समेत थिए। मंगलवार उनी कारागारबाट निस्कँदै गर्दा कैदीबन्दी हातमा खाता र अबिर लिएर उनलाई बिदाई गर्दा गहभरी आँसु बगाउँदै थिए । कारागारबाट बिदाई हुँदै गर्दा ढकालले भने धैर्य गर्नुहोस्, न्याय पाईन्छ, मिलेर बस्नुहोस्। ब्यक्तीगत प्रतिशोध, राजनीति फरक धार र आशंका कै आधारमा मुद्दा मामिलामा कोही कसैलाई पनि फसाउन नहुने बताए। अदालतको प्रक्रिया पनि निकै ढिलो छ, छिटो बनाउन पाए म जस्ता निर्दोशले चाँडै सफाई पाउने थिए, भबिष्य अन्धकार हुने थिएन।

नागरिक न्युजबाट
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई
ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द, सवारी चेकजाचलाई तिब्र
डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे
काठमाडौं उपत्यकामा तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?