arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा द्वन्द्वकालमा बन्दुक बोकेका उम्मेदवारtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ६, मंगलवार)


वीरेन्द्र केसी कान्तिपुर 

सन्धिखर्क, अर्घाखाँची । कुनै बेला सशस्त्र युद्धमा सामेल लडाकुलाई शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा जटिल लागेको छ । उनीहरू 'बुलेट र ब्यालेट' शक्तिबीच भिन्नता छुट्याउँदै छन् । भन्छन्, 'बुलेटको राजनीतिभन्दा ब्यालेटको राजनीति गाह्रो ।'

ठाकुर कुमार विक २०५५ मा भूमिगत भएका थिए । ०५६ मा सुरक्षाकर्मीको गोली प्रहारबाट जोगिए । ०५७ मा अर्घाबाट पक्राउ परेपछि साढे ८ महिना जेलमा बिताए । सुरक्षाकर्मीले किशोरलाई पक्राउ गरेपछि तत्कालीन माओवादीले कांग्रेसका जिल्ला नेता श्यामनाथ घिमिरेलाई अपहरण गरी डेढ महिना भूमिगत राखेको थियो । त्यति बेला कांग्रेस र माओवादीबीच दुवैलाई बचाउने सहमति बन्यो । कांग्रेसले विकलाई गुल्मी जेलबाट छुटाएर अर्घातोषको डाँडाकटेरीमा ल्याएर माओवादीलाई बुझायो र घिमिरेलाई पनि माओवादीले कांग्रेसलाई जिम्मा लगाए । 

अहिले संयोग यस्तो जुट्यो, कांग्रेस नेता कमलप्रसाद भुसालसँग सन्धिखर्क नगरपालिका मेयरको चुनावमा विक भिड्दै छन् । 'नछुटाएको भए मरिन्थ्यो या बाँचिन्थ्यो थाहा छैन, नयाँ जीवन पायौं । त्यसपछि २०५८ मा जनमुक्ति सेनाको प्लाटुन कमिसार कमान्डरको जिम्मा पाएँ,' विकले भने, 'त्यति बेला हाम्रो एउटै लक्ष्य हुन्थ्यो, दुश्मनलाई कसरी पराजित गर्ने । 

फौजी र राजनीतिक ढंगले पुरानो सत्तालाई विस्थापित गरी जनसत्ता स्थापना गर्ने,' उनले भने । ०५९ मा जिल्ला सेक्रेटरी भएका विक अहिले माओवादी केन्द्रको जिल्ला संयोजक छन् । उतिबेला हातमा बन्दुक र क्रान्तिको मात्रै सोचाइ हुने गरेकामा अहिले कसरी धेरै मत ल्याएर चुनाव जित्ने भन्ने ध्यान रहेको उनले बताए । माओवादी केन्द्रका तर्फबाट विक सन्धिखर्क नगर प्रमुखमा भिड्न मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । 

'युद्धका बेला जनसरकार थियो,' उनले भने, 'सत्ता, सेना, जनअदालत र जनता थिए । धेरैसँग समन्वय गर्नुपर्ने थिएन, आदेश पालना हुन्थ्यो । अहिले पहिलोपटक चुनाव लड्दै छु । धेरै मतदातालाई चित्त बुझाएर जनताको मतले जित्नुपर्नेछ ।' युद्ध र चुनाव फरक छन् । तर, जनसरकार र युद्धजस्तो सहज चुनाव छैन । 'नगरभित्रका सबै जनताको घरदैलोमा पुग्दै छु,' उनले भने, 'मतदाताले सहानुभूति देखाएका छन्, युद्धका बेला पुरानो सत्ताका सुरक्षाकर्मीको आक्रमण रक्षात्मक ढंगले पराजित गथ्र्यौं । तर, चुनावी आक्रमणलाई रणनीतिक ढंगले जित्नुपर्ने रहेछ,' उनले भने । 

२०५९ र ०६१ मा जिल्ला सदरमुकाम आक्रमण गर्नमा योजनाकारमध्ये विक एक थिए । थुप्रै भिडन्तमा परेको उनले बताए । 'युद्धका बेला बन्दुक र क्रान्तिबाट देश परिवर्तन गर्न सकिन्छ भन्ने थियो, शान्ति प्रक्रियापछि गणतन्त्र र संघीयताका मुद्दा सफल भए,' उनले भने, 'अब नगर र गाउँबस्तीको विकास र स्मार्ट सिटी बनाउँछु भन्दै भोट मागेको छु ।' स्थानीय तहको चुनावमा ३ नगर र ३ गाउँपालिकामा द्वन्द्वकालमा बन्दुक बोकेका केही व्यक्ति उम्मेदवार भएका छन् । 

भूमिकास्थान नगरको उपमेयरमा छमकुमारी खनाल, मालारानी गाउँ प्रमुखमा प्रकाश ज्ञवाली, पाणिनि गाउँमा जाकिर हुसेन, उपमा विमला घिमिरे, शीतगंगा-१४ को वडाअध्यक्षमा जुद्धबहादुर दर्लामी, ११ मा विष्णु परियार, सन्धिखर्क नगर ५ को वडा सदस्यमा धर्मराज भुसाल चुनावी मैदानमा छन । सबैका आ-आफ्नै अनुभव छन् । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न, ४३ करोड भन्दाबढीको बजेट प्रस्तुत् ( गाउँसभाका निर्णय सहित)
ठाडामा भन्सार छली गरी ल्याउने यात्रुको लाखौं बराबर सामान बरामद, यात्रुलाई ओराल्दै सवारीसाधन चेकजाँच (तस्बिर सहित)
चुत्राबेशीको भक्तिटाेलमा सरसफाई कार्यक्रम सम्पन्न
सन्धिखर्कमा सम्पन्न स्थानीय स्तरीय भलिवल प्रतियोगितामा शितगंगा नगरपालिका प्रथम
जिप्रका अर्घाखाँची एवं कर्मचारी मिलन केन्द्रको आयोजनमा दशै, तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
डिभर्नामा पालिएका उन्नत खसी-बोकामा तेब्बर तौल
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट एक महिनामा ४२५ जनाले नागरिकता प्रमाण-पत्र लिए
अर्घाखाँचीमा टोप बहादुर रायमाझीद्वारा चुनावी तालमेलको लागि एमालेलाई प्राथमिकता
सिद्धारामा कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)
विबेकशिल साझा पार्टीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वरोजगार लद्युवित्त विकास बैंकको शाखा अर्घाखाँचीमा पनि
चुत्राबेशीका स्थानीयबासीका कारण विगत ७ बर्षदेखि ढोरपाटन सडक निर्माण ठप्प
सन्धिखर्कमा स्थानीय तह स्तरीय भलिवल प्रतियोगिता सुरु (तस्बिर सहित)
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचामा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु
शितगंगा नगरपालिकाको प्रथम नगर सभा ! सडक ग्राभेल, ठाडा स्वाथ्य चौकीलाई १५ शैयाको बनाइने (तस्बिर सहित)
एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या