arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर–७ मा वाम गठबन्धनका तर्फबाट अर्जुनबहादुर थापा सभामुखमा निर्विरोध निर्वाचितtext size increase   text size decrease   Print    rss (२०७४ माघ २७, शनिवार)


प्रदेश नम्बर–७ को सभामुखमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

बझाङबाट प्रदेशसभामा निर्वाचित थापाकोमात्रै सभामुख पदमा उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश–७ को सभामुख चयनका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएकोमा सो पदमा थापाबाहेक अरुको उम्मेदवारी परेन ।

सभामुखमा थापा निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा भने यही माघ २९ गते बस्ने प्रदेश–७ को प्रदेशसभा बैठकमा हुने जनाइएको छ ।

थापाको प्रस्तावकमा कैलाली क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद एवं एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी र समर्थकमा माओवादी केन्द्रका प्रदेश संसदीय दलको नेता त्रिलोचन भट्ट रहेका थिए ।

सभामुखमा उम्मेदवारी दिएपछि थापाले दलहरुका मनोभावना बुझेर आफू अगाडि बढ्ने बताए । उनले संवैधानिक व्यवस्थाअनुसार आफ्नो पदको मर्यादा राख्दै सबै दलको साझा भएर बस्ने बताए ।

प्रदेश–७ प्रदेशसभा संसदमा एमालेका २५ र माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राजपा नेपालका दुईजना सांसद छन् ।

को हुन् अर्जुनबहादुर थापा ?
६२ वर्षीय थापा बझाङ क्षेत्र नम्बर–१ ‘क’बाट विजयी सांसद हुन् ।

२०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा एमाले बझाङका अध्यक्षसमेत रहिसकेका छन् । उनी २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक थापा २०५६ सालसम्म शिक्षण पेसामा आवद्ध थिए ।

उनले योपटक प्रदेशसभामा नेपाली कांग्रेसका अर्जुनचन्दा जोशीलाई पराजित गरेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736