arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुनेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)


युवराज थापा 

सन्धिखर्क, अर्घाखाँची । नेपाली गीत संगीतमा बिगत २ दशक देखि गायन/संगीत/शब्द र एरेन्ज हुदै मोडलिङ क्षेत्र सम्म पाईला टेकेका बहुप्रतिभाका धनि चर्चित गायक तथा एरेन्जर कमल सौरागको पहिलो एकल साँझ हुने भएको छ ।

असोज २८ गते हुने कार्यक्रम सौरागकै गृह जिल्ला अर्घाखाँची जिल्ला समोनाब्य समिति सन्धिखर्कको सभागृहमा सम्पन्न हुदै छ। उक्त कार्यक्रममा अर्घाखाँची देखि देशभरका कलाकारहरुको उपस्थिति संगै सौरागकै गीतहरु कलाकारहरुको आवाजमा सुनाईने जानकारी आएको छ । गरिब/पिछाडिएका जाति वर्ग का लागि सहयोगार्थ सम्पन्न हुने कार्यक्रममा सौरागको गीत संगीत मात्र हैन उनको बारेमा सिंगो सांगीतिक यात्रानै प्रस्तुत हुने छ ।

लामो समय देखि गीत संगीतलाई आफ्नो पेशा बनाए पनि खुलेर दर्शक श्रोताको बिचमा जाने समय नमिलेको भन्दै सौरागले भने ''यो मेरो लागि एउटा सुबर्ण अवसर हो भने आम दर्शक श्रोतको लागि पनि अर्को अवसर हो ,संगै बसेर रमाईलो गर्ने मौका यो पटक आफ्नै गृह जिल्लामा पाउदै छु यो भन्दा खुसीको सिमा कुन बेला रहला''।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा हुने कार्यक्रममा अर्घाखाँचीको बिभिन्न क्षेत्रलाई बिकासमा लाने हेतुले यस कार्यक्रम गर्न लागिएको आयोजक टिमले जानकारी दिएको हो । सौराग भन्नु हुन्छ ''अब अर्घाखाँचीलाई विकासमुखी,सृजनात्मक/कला/सस्कृति र पुराना लोक सस्कृति र लोक संगीत/परम्परालाई यथावत राखी नया आधुनिक ढंगबाट केहि सामाजिक र आर्थिक बिकाशको लागि चेतना मुकल काम संगीत बाटै हुने र यो हामीलेनै गर्नु पर्ने भएको हुदा यो अभियानमा मैले एकल साझ गर्न लागेको हु यसमा साथ् दिन सिंगो अर्घाखाँची बासि र देशभरका नेपाली दाजुभाई दिदीबहिनीको सपोर्ट रहने छ''।संगै आयोजक टिम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी बिसीले भने ''यो कार्यक्रम हाम्रो जिल्लाको कलाकारको नभएर सिंगो राष्ट्रको गहना मानिएका लोकप्रिय गायक तथा एरेन्जर कमल सौरागको सृजनाको सम्मानको लागि गरिने कार्यक्रम हो । जसले गर्दा हामीले सम्मान गर्नुपर्ने व्यक्तिलाई सबैले सपोर्ट गर्ने हो भने हाम्रो मौलिकता/सस्कृति र सिंगो अर्घाखाँचीको नाम विश्वमा चम्किने छ त्यसैले यी चम्किला तारालाई हामीले सम्मान स्वरूप एकल साझामा उभ्याउन खोजेका हौ''।

यस्तै संगै आयोजक टिम भित्रै रहेका अर्घाखाँची कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले भने ''हामीले लाखौ बर्ष सम्म पनि बिर्सन नसकिने नाम जो अर्घाखाँची जिल्लाकै पहिलो कलाकारको रुपमा चिनिने कमल सौरागको एकल साझ जसले अर्घाखाँचीकै प्रचलित मठ मन्दिर देखि बिभिन्न प्राकृतिक स्थलहरुलाई समाबेस गरेर गीतमा प्रस्तुत गरि अर्घाखाँचीको नाम उच्च ठाउँमा पुर्याएको भएर पनि उहाको सम्मान हामीले गर्नु जरुरि छ सिंगो अर्घाखाँची बासीले अहिले छाती फुल्याएर मेरो अर्घाखाँची भन्ने ठाउँ कमल सौरागले बनाएको छन त्यसैले पनि उहाको यो कार्यक्रम सम्पन्न गर्न तिर हामी लागिरहेको छौ तयसैले सबै सहयोगी मनहरुले सपोर्ट गर्नुहुने छ''। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
अभिनेत्री मनीषा कोइराला बिच क्रिकेटको सदभावना दूत
मनीषा कोइरालाले भारतीय राज्य उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीबाट प्रेरित पात्रको भूमिका गर्ने
जनसेनाको पुस्तक "समर यात्रा" लोकार्पण
मुम्बईमा थलिएका गायक कुमार कान्छाको उपचार सहयोगका लागि धमाधम रकम जुट्दै
नायक भूवन केसी एमाले पार्टीमा औपचारिक रुपमा प्रवेश
सन्तनेता कृष्णप्रसाद भट्टराईद्वारा लिखित आत्मकथा मेरो म को विमोचन
अन्तर्राष्ट्रिय फेसन म्यागजिनले बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई गोरो बनाइदिएको भन्दै विवादमा
रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले शाहरुख खानको फिल्म 'रा वन'को सुटिङस्थल अवलोकन
रक्तिमद्वारा एक महिने सांस्कृतिक अभियान गर्ने
संगीतकारको खेती
महिलाको पेन्टी चोरी गर्ने जापानी पुरुष पक्राउ
कलिउड कामुक नायिका रेखा थापा स्कर्ट लगाउन बन्चित
नयाँ वर्षमा नयाँ आइटम-महँगो ठुम्का लगाउनेको बलिउडमा चर्चा
नेपाली फिल्म 'धर्मा' रिलिज": मनीषा कोइराला एउटी फितलो पात्रका रूपमा
हलिउडका ५ सुकन्या विवाह गर्न योग्य/कोही छ वर?(तस्विर सहित)
अस्ट्रेलियन नागरिकद्वारा आफ्नै घरमा पालेको कुकुरसँग विवाह
पोइल जान पाम... पाम भन्ने गीत गाउन सुर्खेत आइपुगेकी कोमल वलीले राखेको विवाह प्रस्ताव राउटे युवाले अस्वीकार गरिदिए
अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको विकिलिक्स डट ओआरजी बन्द गरिदिएपछि स्विट्जरल्यान्डबाट विकिलिक्स डट सीएचबाट साइट सुचारु
सिएनएन हिरो घोषित माइती नेपालकी अनुराधा कोइरालालाई स्वागत
इन्टरनेट सञ्जाल फेसबुक र इमेल दुरुपयोगबाट पीडित भएको नायिकाहरूको गुनासो
http://go.oclaserver.com/afu.php?zoneid=1465736