arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुनेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)


युवराज थापा 

सन्धिखर्क, अर्घाखाँची । नेपाली गीत संगीतमा बिगत २ दशक देखि गायन/संगीत/शब्द र एरेन्ज हुदै मोडलिङ क्षेत्र सम्म पाईला टेकेका बहुप्रतिभाका धनि चर्चित गायक तथा एरेन्जर कमल सौरागको पहिलो एकल साँझ हुने भएको छ ।

असोज २८ गते हुने कार्यक्रम सौरागकै गृह जिल्ला अर्घाखाँची जिल्ला समोनाब्य समिति सन्धिखर्कको सभागृहमा सम्पन्न हुदै छ। उक्त कार्यक्रममा अर्घाखाँची देखि देशभरका कलाकारहरुको उपस्थिति संगै सौरागकै गीतहरु कलाकारहरुको आवाजमा सुनाईने जानकारी आएको छ । गरिब/पिछाडिएका जाति वर्ग का लागि सहयोगार्थ सम्पन्न हुने कार्यक्रममा सौरागको गीत संगीत मात्र हैन उनको बारेमा सिंगो सांगीतिक यात्रानै प्रस्तुत हुने छ ।

लामो समय देखि गीत संगीतलाई आफ्नो पेशा बनाए पनि खुलेर दर्शक श्रोताको बिचमा जाने समय नमिलेको भन्दै सौरागले भने ''यो मेरो लागि एउटा सुबर्ण अवसर हो भने आम दर्शक श्रोतको लागि पनि अर्को अवसर हो ,संगै बसेर रमाईलो गर्ने मौका यो पटक आफ्नै गृह जिल्लामा पाउदै छु यो भन्दा खुसीको सिमा कुन बेला रहला''।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा हुने कार्यक्रममा अर्घाखाँचीको बिभिन्न क्षेत्रलाई बिकासमा लाने हेतुले यस कार्यक्रम गर्न लागिएको आयोजक टिमले जानकारी दिएको हो । सौराग भन्नु हुन्छ ''अब अर्घाखाँचीलाई विकासमुखी,सृजनात्मक/कला/सस्कृति र पुराना लोक सस्कृति र लोक संगीत/परम्परालाई यथावत राखी नया आधुनिक ढंगबाट केहि सामाजिक र आर्थिक बिकाशको लागि चेतना मुकल काम संगीत बाटै हुने र यो हामीलेनै गर्नु पर्ने भएको हुदा यो अभियानमा मैले एकल साझ गर्न लागेको हु यसमा साथ् दिन सिंगो अर्घाखाँची बासि र देशभरका नेपाली दाजुभाई दिदीबहिनीको सपोर्ट रहने छ''।संगै आयोजक टिम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी बिसीले भने ''यो कार्यक्रम हाम्रो जिल्लाको कलाकारको नभएर सिंगो राष्ट्रको गहना मानिएका लोकप्रिय गायक तथा एरेन्जर कमल सौरागको सृजनाको सम्मानको लागि गरिने कार्यक्रम हो । जसले गर्दा हामीले सम्मान गर्नुपर्ने व्यक्तिलाई सबैले सपोर्ट गर्ने हो भने हाम्रो मौलिकता/सस्कृति र सिंगो अर्घाखाँचीको नाम विश्वमा चम्किने छ त्यसैले यी चम्किला तारालाई हामीले सम्मान स्वरूप एकल साझामा उभ्याउन खोजेका हौ''।

यस्तै संगै आयोजक टिम भित्रै रहेका अर्घाखाँची कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले भने ''हामीले लाखौ बर्ष सम्म पनि बिर्सन नसकिने नाम जो अर्घाखाँची जिल्लाकै पहिलो कलाकारको रुपमा चिनिने कमल सौरागको एकल साझ जसले अर्घाखाँचीकै प्रचलित मठ मन्दिर देखि बिभिन्न प्राकृतिक स्थलहरुलाई समाबेस गरेर गीतमा प्रस्तुत गरि अर्घाखाँचीको नाम उच्च ठाउँमा पुर्याएको भएर पनि उहाको सम्मान हामीले गर्नु जरुरि छ सिंगो अर्घाखाँची बासीले अहिले छाती फुल्याएर मेरो अर्घाखाँची भन्ने ठाउँ कमल सौरागले बनाएको छन त्यसैले पनि उहाको यो कार्यक्रम सम्पन्न गर्न तिर हामी लागिरहेको छौ तयसैले सबै सहयोगी मनहरुले सपोर्ट गर्नुहुने छ''। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
अर्घाखाँची पोखराथोकका सुमन गौतमको लोक दोहोरी गीत '' पिरतीको भाला '' म्युजिक भिडियो बजारमा (भिडियोसहित)
कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेका फिल्म 'जात्रा' को गीत सार्वजनिक
प्रिया श्रेष्ठ र गणेश गुरुङको ''गोगन पानीमा'' म्युजिक भिडियो बजारमा (भिडियोसहित)
बुटवलमा हेमन्त र ज्योतिले नचाए महोत्सवका दर्शक
जात्रा फिल्मका निर्देशकलाई मह सञ्चारको नयाँ फिल्म, जात्रा निर्देशक प्रदिपप्रति हरिवंशको यस्तो विश्वास
रशु शाक्यले कलेज क्वीन नेपाल २०१६ को उपाधि हात पारीन
सनी लिओन स्वास्थ्यको कारण देखाउदै शाकाहारी बनिन
एकल गायनमा रामकृष्ण :बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
एक्सन नायक निखिल उप्रेतीले नयाँ फिल्म रूद्र को घोषणा गरे
दुवै बिरामी: पाँडे डिस्चार्ज, जिग्रीलाई पनि उस्तै समस्या
चलचित्र छक्का पञ्जा ले कोहिनूरको रेकर्ड तोड्यो, पाचौ हप्तामा १२ करोड रुपैयाँको व्यापार
राजु परियार र मुना थापाले किन भन्दैछन जाम अर्घाखाँची तिर (भिडियो सहित)
अर्घाखाँचीका नवगायक झबिन्द्र थापा मगरले यसपालिको दशैँ तिहारमा पाएनन बिदा
अर्घाखाँचीका गायक पदम क्षेत्रीको "भेट्न मन छ सानु" भिडियो सार्बजनिक
बलिउड हस्तीहरु सलमान, शाहरुख र आमिर खान अब एउटै फिल्ममा (ट्रेलर सहित)
चलचित्र घामपानी नायक दयाहाङ राईको जन्मदिन पारेर रिलिज हुने
अर्घाखाँचीका धर्मराज भट्टराईको घरीघरी रुन्छन प्रदेशी म्युजिक एल्बम सार्वजनिक
किन भन्दैछन पालीका बसन्त लम्सालले आउ है घर फर्की (भिडियो सहित
गायक नमराज पाण्डे भए धाेति न टाेपि (भिडियो सहित )
सबैको प्यारो माग्नेबुढाले (केदार घिमिरे) मुख खोले
http://go.oclaserver.com/afu.php?zoneid=1465736