arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुनेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)


युवराज थापा 

सन्धिखर्क, अर्घाखाँची । नेपाली गीत संगीतमा बिगत २ दशक देखि गायन/संगीत/शब्द र एरेन्ज हुदै मोडलिङ क्षेत्र सम्म पाईला टेकेका बहुप्रतिभाका धनि चर्चित गायक तथा एरेन्जर कमल सौरागको पहिलो एकल साँझ हुने भएको छ ।

असोज २८ गते हुने कार्यक्रम सौरागकै गृह जिल्ला अर्घाखाँची जिल्ला समोनाब्य समिति सन्धिखर्कको सभागृहमा सम्पन्न हुदै छ। उक्त कार्यक्रममा अर्घाखाँची देखि देशभरका कलाकारहरुको उपस्थिति संगै सौरागकै गीतहरु कलाकारहरुको आवाजमा सुनाईने जानकारी आएको छ । गरिब/पिछाडिएका जाति वर्ग का लागि सहयोगार्थ सम्पन्न हुने कार्यक्रममा सौरागको गीत संगीत मात्र हैन उनको बारेमा सिंगो सांगीतिक यात्रानै प्रस्तुत हुने छ ।

लामो समय देखि गीत संगीतलाई आफ्नो पेशा बनाए पनि खुलेर दर्शक श्रोताको बिचमा जाने समय नमिलेको भन्दै सौरागले भने ''यो मेरो लागि एउटा सुबर्ण अवसर हो भने आम दर्शक श्रोतको लागि पनि अर्को अवसर हो ,संगै बसेर रमाईलो गर्ने मौका यो पटक आफ्नै गृह जिल्लामा पाउदै छु यो भन्दा खुसीको सिमा कुन बेला रहला''।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा हुने कार्यक्रममा अर्घाखाँचीको बिभिन्न क्षेत्रलाई बिकासमा लाने हेतुले यस कार्यक्रम गर्न लागिएको आयोजक टिमले जानकारी दिएको हो । सौराग भन्नु हुन्छ ''अब अर्घाखाँचीलाई विकासमुखी,सृजनात्मक/कला/सस्कृति र पुराना लोक सस्कृति र लोक संगीत/परम्परालाई यथावत राखी नया आधुनिक ढंगबाट केहि सामाजिक र आर्थिक बिकाशको लागि चेतना मुकल काम संगीत बाटै हुने र यो हामीलेनै गर्नु पर्ने भएको हुदा यो अभियानमा मैले एकल साझ गर्न लागेको हु यसमा साथ् दिन सिंगो अर्घाखाँची बासि र देशभरका नेपाली दाजुभाई दिदीबहिनीको सपोर्ट रहने छ''।संगै आयोजक टिम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी बिसीले भने ''यो कार्यक्रम हाम्रो जिल्लाको कलाकारको नभएर सिंगो राष्ट्रको गहना मानिएका लोकप्रिय गायक तथा एरेन्जर कमल सौरागको सृजनाको सम्मानको लागि गरिने कार्यक्रम हो । जसले गर्दा हामीले सम्मान गर्नुपर्ने व्यक्तिलाई सबैले सपोर्ट गर्ने हो भने हाम्रो मौलिकता/सस्कृति र सिंगो अर्घाखाँचीको नाम विश्वमा चम्किने छ त्यसैले यी चम्किला तारालाई हामीले सम्मान स्वरूप एकल साझामा उभ्याउन खोजेका हौ''।

यस्तै संगै आयोजक टिम भित्रै रहेका अर्घाखाँची कलाकार समाजका अध्यक्ष मधुसूदन बन्जाडेले भने ''हामीले लाखौ बर्ष सम्म पनि बिर्सन नसकिने नाम जो अर्घाखाँची जिल्लाकै पहिलो कलाकारको रुपमा चिनिने कमल सौरागको एकल साझ जसले अर्घाखाँचीकै प्रचलित मठ मन्दिर देखि बिभिन्न प्राकृतिक स्थलहरुलाई समाबेस गरेर गीतमा प्रस्तुत गरि अर्घाखाँचीको नाम उच्च ठाउँमा पुर्याएको भएर पनि उहाको सम्मान हामीले गर्नु जरुरि छ सिंगो अर्घाखाँची बासीले अहिले छाती फुल्याएर मेरो अर्घाखाँची भन्ने ठाउँ कमल सौरागले बनाएको छन त्यसैले पनि उहाको यो कार्यक्रम सम्पन्न गर्न तिर हामी लागिरहेको छौ तयसैले सबै सहयोगी मनहरुले सपोर्ट गर्नुहुने छ''। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
चीनमा हिराको हार सानो भएको भन्दै युवतीद्धारा आफ्नै ब्वायफ्रेण्डले राखेको विहे प्रस्ताव अस्विकार
बलिउड अभिनेत्री साधना शिवदासानीको निधन
ग्रीसको संसदले त्यहाँका समलिङ्गीलाई कानुनी मान्यता
मिस वर्ल्ड उपाधि स्पेनकी सुन्दरीलाई
छितिज चिन्तनको धराने केटिको छायांकन सकियो
चलचित्र कलाकार संघको निर्वाचन आगामी मंसिर २६ गते राजधानीमा हुने
अब फिल्म हलमा अनिवार्य रुपमा राष्ट्रिय गीत बज्ने
नाकाबन्दीको विरोधमा कलाकारहरु पनि सडकमा उत्रिए
भारतीय नाकाबन्दीविरुद्ध कलाकारहरु सडकमा
चर्चित बलिउड अभिनेता सइद जाफरीको निधन
भक्ति गीत संग्रह आनन्दै आनन्द सार्वजनिक
आयो आयो आजफेरी हाम्रो दशैं आयो तिहार आयो- - - - -
देशभरका हलमा लागेका हिन्दी चलचित्र हेर्ने दर्शकहरुको संख्या घटेपछि नेपाली चलचित्रहरुले राम्रो व्यापार
सार्वजनिक भयो तुलसीको प्रेमकहानी
क्यान्सरवाट प्रसिद्ध भारतीय संगीतकार आदेश श्रीवास्तवको निधन
अर्घाखाँचीका लोक,दोहोरी गायक बसन्त लम्साल
बलिउड अभिनेता संजय दत्तलाई जेलबाट फेरि ३० दिनको बिदा
बुटवलमा भएको एन प्याब्सन सिङ्गीङ स्टारको उपाधी पवन पुलामीले जिते
"कला" माथि अत्याचार
चलचित्र "नालायक" निर्माण सम्पन्न छिट्टै प्रदशर्नमा आउने (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736