arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सिन्धुपाल्चोकको जुरे पहिरोबाट प्रभावितहरु तीन वर्षदेखि अस्थायी बासमै बस्न बाध्यtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २५, बुधवार)


सिन्धुपाल्चोकको जुरे पहिरोबाट प्रभावितहरु तीन वर्षदेखि अस्थायी बासमै बस्न बाध्य भएका छन् ।

जुरेमा तीन वर्षअघि गएको पहिरोबाट विस्थापितहरुको पुनस्र्थापना हुन नसक्दा उनीहरु कठिन जीवनयापन गर्न बाध्य भएका हुन् ।

विस्थापित भएकाहरु ओरियन्ट म्याग्नेसाइट कम्पनी, लामोसाँघुको कर्मचारी आवासमा आश्रय लिइरहेका छन् ।

एउटै आवासमा २ देखि ३ परिवार कोचिएर बसेका छन् । त्यहाँबाट निस्कन उनीहरुलाई तिब्र दवाब छ ।

तर पनि अर्को विकल्प नभएका कारण आफूहरु अन्यत्र जान नसकेको बताउँछन् ।

२०७१ साल साउन १७ गते राति साविक माँखा गाविसको किटीनी भिर खसेर पहिरो गएपछि सुनकोशी नदी १४ घण्टा थुनिएको थियो ।

पहिरो पीडितको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषमा २ करोड २५ लाख रुपैयाँ जम्मा भए पनि सो अझै वितरण हुन सकेको छैन ।

१ सय ४३ जनाको ज्यान गएको उक्त पहिरोमा मृतक परिवारले प्रतिव्यक्ति ४० हजार रुपैयाँ किरीया खर्च र केही खाद्यान्न बाहेक अरु केही पाउन सकेका छैनन् ।

जिल्ला दैवि प्रकोप उद्धार समितिले एकद्वार नीति लागु गर्ने भन्दै दाताले दिएको सबै सहयोग आफैंले संकलन गरेको थियो ।

तर प्राप्त खाद्यान्न, लत्ताकपडा तथा औषधीबाहेक नगद सहयोग भने अझै वितरण गर्न सकेको छैन ।

सरकारले पहिरो पीडितलाई पनि भूकम्पपीडित सरह सुविधा दिने निर्णय गरेको छ ।

भूकम्पपीडित सरह पहिलो किस्ता ५० हजार रुपैयाँ त उनीहरुले पाएका छन्, तर घर बनाउने जग्गा नभएका कारण उनीहरु थप किस्ता पाउनबाट बञ्चित हुँदै आएका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन आयोगद्वारा सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना नआएको प्रस्ट
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु
माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका सबैलाई 'बिनाविभागीय'
माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न राष्ट्रपतिको दलहरुलाई आग्रह
सुन तस्करीमा संलग्न भएको भन्दै रसुवाका कांग्रेस नेता मानबहादुर तामाङ पक्राउ
भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने
खोटाङमा १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी
विजयकुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित
सर्वोच्चद्वारा आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला
पूर्वी नेपालमा असोजमा भएका सवारी दुर्घटनामा परेर ४७ जनाले ज्यान गुमाए
सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाए
प्रधानमन्त्री देउवाद्वारा माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने संकेत
प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक संसदमा पारित
बाबुराम भट्टराईको नयाँ शक्ति आफ्नै चुनाव चिह्नबाट लड्ने
प्रतिनिधिसभामा उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने
संसद बैठकमा राष्ट्रियसभा गठन र चिकित्सा शिक्षा विधेयक पारित गर्न असफल
आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने
गोरखामा अनुदानबाट २,६६४ भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न