arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधनtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २, शुक्रवार)

दक्षिण कोरियामा बिभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या बढ्न थालेको छ। तीन दिनअघि मात्र आत्महत्या गरेका दोलखाका समुन्द्र केसीको शव नेपाल पुग्न नपाउँदै फेरि अर्का नेपालीको निधन भएको छ।

कोरियाको उल्सानस्थित डेउ कम्पनीका कार्यरत बुटवलका लालबहादुर थापाको बिहिबार बिहान निधन भएको छ। बुधबार दिउँसो कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइमा झरी घाइते भएका थापाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो। थापालाई तुरुन्तै अस्पताल पुर्याइएको भए पनि रातको साढे २ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको डेउ नेपाली एकता समाजले जनाएको छ।

सिविटी परीक्षा दिएर पुनः कोरिया आएका २९ वर्षीय थापाको नेपालमा एक छोरा र पत्नी छन्। उनका दाई पनि कोरियाको गजेदोमै कार्यरत छन्।

कोरियामा १० दिनको अवधिमा चार नेपालीको मृत्यु भएको छ। तीन दिन अघि मात्र कोरियाको थेगुस्थित एक सिरक बनाउने कम्पनीमा कार्यरत दोलखाका २२ बर्षिय समुन्द्र केसीले आफ्नै कम्पनीको बाथरूममा झुन्डिएर आत्माहत्या गरेका थिए।

उनले डिप्रेशनमा परि औषधिसमेत सेवन गर्दै आइरहेको सँगै कार्यरत नेपाली साथीहरूले बताएका छन्।

त्यसैगरी गत साता जुन ९  तारिखमा ख्यांगीदोको पुछनस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार विकको कार्यस्थलमै दुर्घटनामा परी निधन भएको थियो। त्यसको ठिक २ दिन पहिला मात्र गोरखाका २२ वर्षीय  सुनिल अधिकारीले २ पेजको सुसाइडनोट लेखि आफ्नै कम्पनी आगाडिको भर्‍याङमा पासो लगाएर आत्महत्या गरेका थिए। उनले सुसाइड नोटमा आफू धेरै दिनदेखि डिप्रेसनमा परेको र आफ्नो समस्या कसैलाई भन्न नसकी आत्महत्याको बाटो रोजेको लेखेका थिए।

रोजगारीको शिलशिलामा ईपीएस मार्फत कोरिया आएका नेपालीको औधोगिक दुर्घटना, डिप्रेसनमा परेर, झुन्डिएर आत्महत्या र सुतेको अवस्थामा हृदयघात भएर मृत्यु हुने क्रम बढेपछि यहाँ कार्यरत नेपाली त्रसित बनेका छन्।

त्यस्तै दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत अर्जुन बहादुर सिंहले  पछिल्लो समय कोरियामा घटेका मृत्युका शृंखलाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताउँदै दूतावासले यस्ता घटनाको न्यूनीकरणको लागि छिटै तनाब ब्यावस्थापन तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको सेतोपाटीसँग बताए।

ठूलो सपना बोकेर इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या अहिले झण्डै चौवालीस हजारको हाराहारी छ। वर्षेनी इपिएस कोटा मार्फत सात हजार भन्दा बढी नेपाली कोरिया आउने गरेका छन्। नेपाली बढेसँगै कार्यस्थल र सडक दुर्घटना, ह्दयघात भएर सुतेको अवस्थामा मृत्यु, विरामी भएर मृत्यु र डिप्रेसनमा परेर आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।

यद्यपी सुतेको अवस्था र डिप्रेसन या विविध कारणले आत्महत्या गर्नेको संख्या अन्य भन्दा बढी नै छ। सन् २००८ यता १ सय १५ भन्दा बढीको मृत्यु भइसकेको छ।

आत्महत्या र सुतेको अवस्थामा हुने मृत्युको भयावह स्थितिलाई नियन्त्रण गर्न नेपाल सरकारले त्यति चासो दिन सकेको छैन्।

केहि महिनाअघि निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले विदेशमा हुने नेपालीको आकस्मिक निधनकोबारे सत्यतथ्य अध्ययन गर्न टोली गठन गर्ने  तथा स्वास्थ्य सहचारी राखिने बताए पनि अहिलेसम्म नेपालीले अनाहकमै ज्यान गुमाएका कोरिया जस्ता मुलुकमा अध्ययन टोली पठाउने का भएको छैन्।

कोरियामा  विकराल बन्दै गएको डिप्रेसनको कारण बढिरहेको आत्महत्या तथा कार्यस्थलमा दुर्घटनाका कारण अंगभंग तथा मृत्यु रोक्न सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुन जरूरी छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
http://go.oclaserver.com/afu.php?zoneid=1465736