arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

world news

 सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अब अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने निर्णय भएको छ ।

अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो । विभागमा आएका नयाँ महानिर्देशक रुपनारायण भट्टराईले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्‍याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ ।

नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले  बताए ।

एकपटक लाइसेन्स लिएपछि फेरि सवारीको वर्ग थप्न लिखित परीक्षा दिने ब्यवस्थाले झन्झट मात्रै सिर्जना गरेको निश्कर्ष हामीले निकाल्यौं प्रवक्ता पाण्डेले भने, हामी अब यातायात कार्यालयको ब्यवस्थापनमा पनि जुटकाले नयाँ ब्यवस्था निकै प्रभावकारी हुनेछ ।

लाइसेन्सबाहक ट्रायलका लागि योग्य

सरकारले यसअघि नै एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म सवारी लाइसेन्सका लागि ट्रायल दिन सक्ने ब्यवस्था गरिसकेको छ ।

अब झन वर्ग थप्न लिखित परीक्षा दिनै नपर्ने भएको छ । लाइसेन्स बाहक चालक सवारीको वर्ग थप्न स्वतः ट्रायलका लागि योग्य हुनेछ ।

मोटरसाइकलका लाइसेन्स बोक्नेले सीधै कारको लाइसेन्सका लागि परीक्षा दिन सक्नेछ । कारको लागि लाइसेन्स लिएकाले बसका लागि पनि ट्रायल दिन सक्छन् ।

यो ब्यवस्था अबको एक हप्तापछि कार्यान्वयनमा जाने प्रवक्ता पाण्डेले बताए । सफ्टवेयरमा परिमार्जन र कार्यालयहरुमा नयाँ ब्यवस्थाअनुरुपको प्राविधिक तयारीका लागि एक हप्ता लाग्छ प्रवक्ता डा. पाण्डले भने, अब हामी अर्को साताबाट वर्ग थपका लागि लिखित परीक्षा लिँदैनौं ।



--रबिन्द्र घिमिरे 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
सन्धिखर्क नगरपालिका ७ खाचिकोटमा कांग्रेसको प्यानल बिजयी
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र