arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संशोधन प्रस्तावलाई परिमार्जन गरी स्थानीय निर्वाचनमा जान सत्तारुढ र मधेसकेन्द्रित दलहरु सहमतिनजिकtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सत्तारुढ र मधेसकेन्द्रित दलहरु सहमतिनजिक पुगेका छन् ।

आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मधेसकेन्द्रित दलहरुलाई सहभागी गराउने अन्तिम प्रयासस्वरुप शुक्रबार दिनभरजसो भएका वार्ता निश्कर्षउन्मुख बनेको नेताहरुले दाबी गरेका छन् ।

शुक्रबार साँझ भएको वार्तापछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसकेन्द्रित दलहरुसँग सहमति जुटेको र शनिबार त्यसलाई अन्तिमरुप दिइने बताए ।

संविधानको धारा २७४ को उपधारा ७ र सीमांकन आयोग गठन सम्बन्धमा गरिएको व्यवस्था परिर्माजन गर्नुपर्नेलगायतका विषयमा साझा धारणा बनाएर सहमतिलाई अन्तिमरुप दिइने पौडेलले बताए ।

प्रस्ताव परिमार्जनका लागि दलहरुले कार्यदललाई जिम्मेवारी दिएका छन् । कार्यदलमा सत्तारुढ दलहरुबाट कृष्ण सिटौला र कृष्णबहादुर महरा तथा मधेशकेन्द्रित दलहरुबाट लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

यसअघि, शुक्रबारै बिहान राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमका नेताहरुबीच छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मधेसकेन्द्रित दलका नेताहरुले संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका थिए ।

मधेसकेन्द्रित दलका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका नेताहरुसँग छलफल गरेका थिए ।

यस्तै, आन्तरिक रणनीति तय गर्न मधेसकेन्द्रित दलका नेताहरुबीच पनि बैठक बसेको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संविधान संशोधन विधेयक अस्वीकृत
विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज
धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ जना घाइते
संघीय र प्रदेश संसदको निर्वाचन आगामी मंसिर १० गते एकै दिन
स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदली भएसँगै वर्षा, भोलिबाट मौसम सुधार
राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल
पूर्वमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, रोगको पहिचान हुन सकेन्
प्रदेश २ को स्थानीय चुनावलाई सरकारी संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन
सर्वोच्चद्वारा बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न अन्तरिम आदेश
बाढी-पहिरोबाट हालसम्म देशभरमा १३५ जनाको मृत्यु, पीडितलाई प्रतिदिन ७० रुपैयाँ राहत
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे