arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

सवारी कर्जामा सीमा अनुचित : नाडाtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ११, बुधवार)

world news

 नेपाल राष्ट्र बैङ्कले निजी प्रयोजनका लागि सवारीसाधनमा मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्रै बैङ्कले लगानी गर्न सक्ने व्यवस्था गरेको भन्दै नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा)ले विरोध गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा राष्ट्र बैङ्कले त्यस्तो व्यवस्था गरेकोप्रति नेपाल नाडाको ध्यानाकर्षण भएको बताएको छ ।

अन्य लगानीको तुलनामा कम जोखीम रहेको र डिफल्ट नै नभएको सवारीसाधनको क्षेत्रलाई खुम्च्याउने उद्देश्यले राष्ट्र बैङ्कले नयाँ व्यवस्था गरेको नाडाको ठहर छ । नाडाले बुधवार एक प्रेस विज्ञप्ति जारी सो व्यवस्थाको विरोध गरेको हो । उत्पादकत्व बढाउन सहयोग गर्ने सवारीसाधनको खरीदविक्रीमा अङ्कुश लगाउन खोज्नुभन्दा यस क्षेत्रबाट प्राप्त भइरहेको राजस्व सडक निर्माण, विस्तार र मर्मत सम्भारतिर प्रयोग गरी ट्राफिक जाम कम गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ, विज्ञप्तिमा उल्लेख छ । अहिलेको तरलताको स्थिति आउनुको कारण सवारीसाधनको आयात बढ्नाले हो भन्ने नेपाल राष्ट्र बैङ्कको सोचसँग सहमत हुन नसकिने नाडाले बताएको छ ।

सन् २०२२ सम्म नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्र बनाउने सन्दर्भमा सवारीसाधनको योगदानलाई बेवास्ता गरी विक्रीमा अङ्कुश लगाउने उद्देश्यले कर्जाको सीमा तोक्नु कुनै पनि दृष्टिकोणबाट सान्दर्भिक नहुने नाडाको विज्ञप्तिमा उल्लेख छ ।

राजस्व कम गरेर सबैलाई सवारीसाधन चढ्न प्रोत्साहन गर्नुको साटो सरकारले बैङ्कले दिने हायरपर्चेज कर्जाको रकममा सीमा तोक्ने राष्ट्र बैङ्कको नीति सान्दर्भिक नभएको नाडाले बताएको छ । निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुनर्विचार गरी सोको सीमा निर्धारण गर्ने सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई नै दिनुपर्ने पनि नाडाको सुझाव छ ।
 
--रासस 
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री
अध्ययन विनै अटो लोन मा कडाई