arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मतदाता नामावली अद्यावधिक गर्ने निर्वाचन आयोगको तयारीप्रति मुख्य राजनीतिक दलहरुको असन्तुष्टि text size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३१, शनिवार)

जिल्ला सदरमुकामबाटमात्रै मतदाता नामावली अद्यावधिक गर्ने निर्वाचन आयोगको तयारीप्रति मुख्य राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् ।

दलहरुले जिल्ला सदरमुकामबाट नभइ स्थानीय तहबाटै मतदाता नामावली अद्यावधिक गर्न र दर्ताको समयावधि बढाउनसमेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मतदाता नामावली संकलनमा निर्वाचन आयोगले गरेको निर्णय व्यावहारिक नभएको भन्दै स्थानीय तहबाट अद्यावधिक गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मतदाता नामावली अद्यावधिकको समयावधि बढाउन र कम्तीमा गाउँपालिकाबाट अद्यावधिक गर्ने व्यवस्था मिलाउन माग गरे ।

नेताहरुले यसअघि गरिएको व्यवस्थाजस्तै काठमाडौंबाटै पनि मतदाता नामावली अद्यावधिक गर्नसक्ने गरी व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

निर्वाचन आयोगले आइतबार (भोलि)देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सन्चालन गर्दैछ ।

आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ ।

यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्मालाई पदबाट बर्खास्त
ताप्लेजुङमा करिव तीन वर्षको अवधिमा ७ सय ५० थान मुद्धा फर्छ्यौट
बहुप्रतीक्षित मेलम्ची पानी उपत्यकामा आइपुग्न अझै ६ महिना लाग्ने
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी
बडादशैँ नजिकिएसँगै काठमाडौंबाट बाहिरिनेको संख्यामा वृद्धि, दैनिक एक लाख यात्रु बाहिरिदैं
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत
प्रदेश नम्बर-२ मा स्थानीय निर्वाचनको मतपरिणाम अन्तिम चरणतिर
बागलुङको बरेङ पेरिवाङमा जिप दुर्घटना हुँदा दुईजना, १२ जना घाइते
पाल्पाको सिद्धबाबामा पहिरोमा परी तीनजनाको मृत्यु
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय