arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

राष्ट्रपति भण्डारी नयाँदिल्लीमा भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्तामा व्यस्त text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ४, सोमवार)


मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा सोमबार नयाँदिल्ली आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गरेका छन् ।

भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा सोमबार अपराह्न यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीसँग नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरी, राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीले अलग-अलग भेट गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमाजस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गरिन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेताहरुले नेपालमा शान्ति, स्थिरता र विकासमा आफूहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनीहरुले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचनमार्फत् संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएको र यसमा आफूहरुको सदैव शुभेच्छा रहेको पनि बताएका थिए ।

भारतीय नेताहरुले नेपालमा अझैपनि स्थिरता, विकास र लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै निर्वाचनमार्फत् मुलुक स्थिरतातर्फ जाओस् भन्ने कामना गरेका थिए ।

राष्ट्रपतिसँगको भेटपछि भाकपा (माक्र्सवादी)का महासचिव यचुरीले नेपाल संविधान निर्माणपछि यसको कार्यान्वयनको ऐतिहासिक मोडमा रहेकाबेला राष्ट्रपतिको ठूलो जिम्मेवारी रहेकाले चुनावमार्फत् संविधान कार्यान्वयन होस् र आधुनिक नेपाल विकासको मार्गमा अगाडि बढोस् भन्ने आफूले शुभकामना व्यक्त गरेको बताए ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. महत, शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

यसअघि, राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार महापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीलगायतले स्वागत गरेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संशोधन र चुनाव अघि बढाउन दलहरू सहमत
काठमाडौंमा जथाभावी बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवना गर्ने
स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा
सरकार र विद्यार्थी संगठनबीच सहमति, बढाएको शुल्क फिर्ता नलिए दर्ता खारेज हुने
स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने
राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय निर्वाचनको अनुगमन गर्ने
बुद्धिजीवीहरुद्वारा असंवैधानिक तरिकाले वितरण गरिएका सबै नेपाली नागरिकताको प्रमाणपत्र खारेज गर्न माग
एमाले अध्यक्ष ओलीद्वारा सरकार राष्ट्रलाई विखण्डनतिर लैजाने षड्यन्त्रमा लागेको आरोप
स्थानीय निर्वाचन नजिकिँदै गर्दा पनि दलहरुबीच सहमति हुन नसकेकोप्रति प्रमुख निर्वाचन आयुक्तको असन्तुष्टि
स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता
एमाले अध्यक्ष ओलीद्वारा संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेको भन्दै समर्थन नगर्ने उल्लेख
एमालेद्वारा निरन्तर स‌ंसद बैठक अवरोध
महिला र दलितका अधिकारबारे तेह्रथुमका दुर्गम गाउँमा चेतनाको अभाव
काँग्रेसको चुनावी एजेन्डा लोकतान्त्रिक समाजवाद र आर्थिक विकास
भूकम्प प्रभावितका लागि सरकारले कुनै विशेष कार्यक्रम ल्याउन नसकेको मन्त्रीद्वारा स्वीकार
विनाशकारी भूकम्पको दुई वर्ष, आम जनता अझै निराश
दोस्रो चरण जेठ-३१ को निर्वाचन कार्यतालिका सार्वजनिक
संविधान संशोधन विधेयक संसदमा पेश
सर्वोच्चद्वारा नेपाल प्रहरीका एआईजी सिलवाललाई थुनामुक्त गर्न आदेश
सरकार र मोर्चाबीच निर्वाचनमा जाने र आन्दोलन फिर्ता लिने सहमति भएपछि मधेसी नेता कार्यकर्ता हर्षित