arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल तालाबन्दी गर्ने विद्यार्थी संगठनहरूको चेतावनीtext size increase   text size decrease   Print    rss (२०७४ माघ २५, विहीवार)


प्रमुख तीन दलका विद्यार्थी संगठनहरूले ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

बिहिबार बिहानै कलेजको अनुगमन गरेका विद्यार्थी संगठनका नेताहरूले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएको भन्दै एक साताभित्र फिर्ता नलिए किष्ट मेडिकल कलेज तालबन्दी गर्ने चेतावनी दिएका हुन्।

मनपरी ढंगले विद्यार्थीहरूबाट शुल्क असुल गरेकाले फिर्ता नलिए सो कलेज तालाबन्दी गर्ने निष्कर्षमा पुगिएको अनेरास्ववियूकी अध्यक्ष नविना लामाले जानकारी दिइन्। उनले मापदण्ड विपरीत संचालन गरिएको सबै मेडिकल कलेज खारेज गर्न आफूहरू बाध्य हुने चेतावनी दिइन्।

नेपाल विद्यार्थी संघका कार्यबहाक अध्यक्ष पुष्प शाहीले मेडिकल कजेलमा पढेका विद्यार्थीहरूलाई न्याय दिन आफूले पहल गर्नु परेको बताए।उनले मेडिकल काउन्सिलले तोकेको मापदण्ड विपरीतका शुल्क असुल गर्ने कुनै पनि कलेजलाई खारेज गर्न लागि पर्ने चेतावनी दिए।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले किष्ट कलेज मापदण्ड विपरीत चलेको अनुगमनका क्रममा पाइएको उल्लेख गर्दै एक हप्ताभित्र पनि नसच्चिए तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिए।

मेडिकल कलेजहरूले जथाभावी शुल्क असुल गरेको उजुरी परेपछि प्रमुख दलका विद्यार्थी संगठनहरूले बिहिबारबाट अनुगमन सुरू गरेका हुन्।

सरकारले एमविविएस अध्ययनका लागि ३८ लाख ५० हजार र विडिएस अध्ययनका लागि १९ लाख २५ हजार रुपैयाँ शुल्क तोकिदिएको छ। तर मेडिकल कलेजहरूले भने ६२ लाखसम्म शुल्क असुल गरेको पाइएको भन्दै विद्यार्थी संगठनहरू त्यसको विरोधमा उत्रिएका हुन्। उनीहरूले न्यूनतम भौतिक पूर्वाधार नभएका मेडिकल कलेज खारेज गर्न पनि सरकारलाई दबाब दिइरहेका छन्। सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
http://go.oclaserver.com/afu.php?zoneid=1465736