arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्तtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १८, बुधवार)

world news

 केके मानन्धर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भाषा र संस्कृतिलाई प्रबद्र्धन गर्ने खालका चलचित्र निर्माणमा सहयोग गर्ने बताए । संस्कृति संरक्षणमा स्थानिय सरकारको भूमिका हुने भएर चलचित्रमार्फत संस्कृति प्रबद्र्धन गर्न सके अपेक्षित लक्ष्य हासिल हुने उहाँको भनाई छ । 

बुधबार लगन टोलको तःबहालमा भएको ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त गर्दै मौलिक कथाबस्तुमा चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिए । महाजु फाउण्डेशन भक्तपुरले नेपाली, नेपालभाषा, अंग्रेजी र चिनियाँ भाषामा ''हिमआँधी'' चलचित्र बनाउन शुरु गरेको हो । 

शुभ मुहूर्त कार्यक्रममा नेपालभाषा एकेडेमीका सदस्य सचिव मल्ल के. सुन्दरले निर्देशन स्वीकृति दिएकोमा सिद्धिचरण प्रतिष्ठानका नरेन्द्रभक्त हाडाले क्लाप दिएका छन् । त्यस्तै, डा. महेशमान श्रेष्ठले क्यामरालाई स्वीच अन गरी महानगरपालिकाका मेयर शाक्यले नरिवल फुटाएर संयुक्त रुपमा चलचित्रको शुभ मुहूर्त गरिएको छ । 

मुहूर्त कार्यक्रममा मूख्य भूमिका निर्वाह गरेका कलाकारहरुले आ-आफ्ना अभिनय प्रस्तुत गरेका छन् । निकी महर्जन, सनिश शाक्य, सुरज व्यञ्जनकार, रुपेन श्रेष्ठ, राजेन्द्र महर्जन राजी, विनेश श्रेष्ठलगायतका कलाकारले अभिनय प्रदर्शन गरेका छन् । त्यस्तै, आशाकाजी थकू, राजेन्द्रमान शाक्य, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, सुशील राजोपाध्याय, राजेन्द्र महर्जन, सुरेश महर्जन, डोमा शेर्पालगायतका कलाकारहरुको अभिनय रहने युवा निर्देशक प्रदीप खड्गीले जनाए । चलचित्रमा शंकर महर्जनले क्यामेरा चलाएका छन् भने निर्माण नियन्त्रण पक्ष महेश हाडाले गर्नेछ । 

कार्यक्रममा चलचित्रका पटकथा लेखक त​था परिकल्पनाकार ओमचरण अमात्यले चलचित्रभित्रको ऐतिहासिक परिवेश वर्णन गरे । बहुभाषिक चलचित्र ''हिमआँधी'' असोज २५ गते देखि नियमित रुपमा तिब्बतको ल्हासा तथा काठमाडौंमा सुटिङ शुरु हुँदैछ । 
यसअघि मनाङ र मुस्ताङमा समेत सुटिङ भएको थियो । करिव ३ करोडको बजेटमा निर्माण हुने चलचित्रलाई स्तरिय बनाउन एनिमेसन प्रविधि पनि प्रयोग हुने बताइएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )
दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( भिडियो सहित )
अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त
अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)
मसालको रक्तिम सांस्कृतिक अभियानमा जीवन शर्मा जस्तै जन्मिए अर्का जनगायक हेमराज पुन
किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित)
फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
अर्घाखाँचीमा कमल सौराग एकल साँझ हुने
भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको हृदयघातका कारण निधन
वरिष्ठ रेडियो कार्यक्रम सन्चालक एवं गायक वासुदेव मुनालको निधन
पहिलो नेपाल आइडल बुद्ध लामा
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
http://go.oclaserver.com/afu.php?zoneid=1465736