arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीको शितगंगा नगरपालिका सिद्धाराका ५ वर्षिय बालक दैनिक ४ घण्टा जंगलमा पैदल गरी स्कुल ओहोरदोहोर गर्दैtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

प्रेमनारायण आचार्य

अर्घाखाँची, सिद्धारा । जंगलको बिचमा एक्लो घर । नजिक अरु घर त छैन, स्कुल त टाढाको कुरा । त्यसैले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १० सिद्धारा (साबिक: सिद्धारा गाविस-४ तारिके ) का पाँच वर्षका सुन्दर बलाल दैनिक चार घण्टा पैदल हिँडेर स्कुल ओहोरदोहोर गर्छन् ।

उनलाई स्कूल पुर्‍याउन न अभिभावक जान्छन्, न त साथीहरु नै हुन्छन् । जंगलको बिचमा घर भएका उनकी आमा दोस्रो विवाह गरेर गएकी छन् । बुबा रोजगारीको लागि विदेशमा छन् । उनी हजुरआमासँग बस्दै आएका छन् ।

अर्घाखाँची जिल्लाकै अति विकट सिद्धारा गाविसमा जंगलको बाटोमा दैनिक चारघण्टा हिँडेर स्कुल जानु उनको बाध्यता हो । जंगलको बाटो हिँड्न अरु डराउँछन् । जंगली जनावरले आक्रमण गर्ने हो कि भन्ने भय हुन्छ ।

तर उक्त स्थानमा जान अन्य स्थानका मानिस तथा सरकारी कर्मचारीहरु जंगली जनावर भालुको भयले एक्लै जान मान्दैनन् । तर पाँच वर्षका सुन्दर भने जंगलकै बाटो एक्लै हिँडेर स्कुल ओहोरदोहोर गर्छन् । सायद उनलाई जंगली जनावरको डर भन्ने थाहै छैन ।

उनीसँग पढ्ने अरु केही साथीहरु पनि एक कक्षा पढ्न दैनिक ५ घण्टा हिँडेर स्कुल पुग्छन् । तर उनीहरुलाई सुन्दरले जस्तोजंगलको बाटो हिँड्नु पर्दैन । काठे खोलाका पाँच वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने गरेको शिक्षिका देवी पोख्रेल पौडेलले बताउनुभयो ।


बिहान उज्यालो हुने बित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ । स्कूल पुग्दा नपुग्दै भोक लाग्छ । भोको पेटमा पढ्न नसक्ने भएपछि स्कुलले खाजा नास्ताको लागि टिफिन बक्सको ब्यबस्था गरेको छ । तर उनीहरु स्कुल आइपुग्दा टिफिन बक्स रित्तो भैसक्ने  प्रधानाध्यापक मणिराम पोख्रेलले जानकारी दिनुभयो । त्यसैले उनीहरु दिनभर भोकै पेटले पढ्छन् ।

वडा नम्बर ४ मा तीन वटा स्कुल छन् । सिद्धारा भरी चाहिँ २७ वटा स्कुल छन् । ठूलो र विकट गाविस भएका कारण २७ वटा विद्यालय भएर पनि विद्यार्थीहरु एक कक्षा पढ्नका लागि दैनिक चार पाँच घण्टा हिँड्न बाध्य छन् ।

जंगल क्षेत्रमा यत्रतत्र छरिएको वस्तीका कारण अझै केही बालबालिका स्कूलको पहुँचबाट टाढा छन् । भएका स्कूलमा पढ्न जान बालबालिकालाई सम्भव नभएको जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलले बताउनुभयो । यो समस्या समाधानका लागि वस्ती एकीकृत गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।

सिद्धारा गाविसकै ६ नम्वर वडामा ६ वटा विद्यालय छन् । ६ नम्बर वडा नै गाविसको सबैभन्दा दुर्गम मानिन्छ । सुपारे, ओखटे, झिमझिमे दह लगायतका वस्तीबाट साना बालबालिकालाई विद्यालय जान अहिले पनि सम्भव नभएको स्थानीय शिक्षक दुर्गाप्रसाद बेल्बासेले बताउनुभयो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका किसानहरु हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित
अर्घाखाँचीमा बन डढेलो नियन्त्रणमा सहयोग गरेका बिभिन्न संघसंस्था र ब्यक्तिहरु पुरस्कृत (तस्बिर सहित)
खर्च गर्न नसक्दा अर्घाखाँचीमा २८ करोड ७३ लाख बजेट फ्रिज
पाणीनी गाउँपालिकाको पटौटी कुडापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्‍यु
मालारानीमा खुला मदिरा बिक्री-वितरणमा रोक, बेलुका ६ देखि ९ बजेसम्म मात्रै खुल्ने
शीतगंगा नगरपालिकाका सबै वार्डमा खानेपानी पहुँच पुर्याउने मेयर अधिकारीको प्रतिबद्धता
सुपादेउराली मन्दिरलाई कुर्सी र कार्पेट सहयोग
अर्घाखाँचीमा भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न नपाएकाले मतदाता नामावलीमा नाम दर्ता गरें
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग-यो जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्कमा पहिरोले गाई फर्म पुरिदा ५ वटा गाई मरे, २० लाख बराबरको क्षति
भुमिकास्थान नगरपालिकाको नुवाकोट पिपलनेटामा एक व्यक्तिद्वारा झुन्डिएर आत्महत्या
सिद्धाराबाट ५ घण्टा पैदल, २ घण्टा गाडी चढेर मतदाता नामाबलीमा नाम लेखाउन सन्धिखर्कमा
पहिरोका कारण सडक बन्द हुँदा पणेना, खिदिम, पोखराथोकका सयौ किसान मर्कामा
भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित
अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड
सन्धिखर्क नगर कार्यपालिकालाई पूर्णता, सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरे
सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा एक महिने साउने मेला सुरु (तस्बिर सहित)
अर्घाखाँचीमा गवारो किराले गर्दा कफी उप्पादनमा कमी, कृषकहरु चिन्तित
अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले नयाँ मोड लियो, तदर्थ समितिका अध्यक्षद्धारा राजिनामा
सन्धिखर्क नगरपालीकालाई भ्रष्टचार मुक्त नगर बनाउछौं – प्रमुख भुसाल