arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

           

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ इन्डियन आइडल बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलन मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र ? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

सेतोपाटीबाट

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
अर्घाखाँचीमा कमल सौराग एकल साँझ हुने
भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको हृदयघातका कारण निधन
वरिष्ठ रेडियो कार्यक्रम सन्चालक एवं गायक वासुदेव मुनालको निधन
पहिलो नेपाल आइडल बुद्ध लामा
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
अव यि पांच मध्ये एक बन्ने छन लुम्बिनी राईजिङ स्टार
'भन सरकार धरहरा खोई' सार्वजनिक
भारतीय कलाकार इन्दर कुमारको मृत्यु
पूजा पुरीको तिजको कोशेली "राडोको घडी" सार्बजनिक
छत्रदेवका पौडेलले प्रेमिकाले धोका दिएपछी यसरी फोडे टाउको (हेर्नुस भिडियोमा)
अर्घाखाँचीका चर्चित गायक जोडी तिलक बेल्वासे र रुक्मिणा घिमिरेको तिजको कोशेली "चिनिन मैले त" सार्वजनिक
चलचित्र २ रुपैयाँको कुटुमा कुटु गीतले नयाँ रेकर्ड बनायो
चर्चा विवाहको
http://go.oclaserver.com/afu.php?zoneid=1465736