arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

           

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ इन्डियन आइडल बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलन मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र ? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

सेतोपाटीबाट

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
नयाँ वर्षमा नयाँ आइटम-महँगो ठुम्का लगाउनेको बलिउडमा चर्चा
नेपाली फिल्म 'धर्मा' रिलिज": मनीषा कोइराला एउटी फितलो पात्रका रूपमा
हलिउडका ५ सुकन्या विवाह गर्न योग्य/कोही छ वर?(तस्विर सहित)
अस्ट्रेलियन नागरिकद्वारा आफ्नै घरमा पालेको कुकुरसँग विवाह
पोइल जान पाम... पाम भन्ने गीत गाउन सुर्खेत आइपुगेकी कोमल वलीले राखेको विवाह प्रस्ताव राउटे युवाले अस्वीकार गरिदिए
अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको विकिलिक्स डट ओआरजी बन्द गरिदिएपछि स्विट्जरल्यान्डबाट विकिलिक्स डट सीएचबाट साइट सुचारु
सिएनएन हिरो घोषित माइती नेपालकी अनुराधा कोइरालालाई स्वागत
इन्टरनेट सञ्जाल फेसबुक र इमेल दुरुपयोगबाट पीडित भएको नायिकाहरूको गुनासो
मिस एअरहोस्टेज प्रतियोगितामा तीन युवतीलाई उपाधिसहित जागिर
मनीषा डिभोर्स गर्ने सोचमा
सकारात्मक आठ अक्षर
राधिकाले रुँदै सोधिन्-'न्याय कसले दिने ?समाचार लेखे होसियार - ज्यान पनि जान सक्छ
नेपाली हुँदाहुँदै पनि नागरिकता नपाएका वरीस्ठ कलाकार गोपाल भुटानीको निधन/छातीमा नागरिकता राखी मर्ने अन्तिम इच्छा पनि अधुरो
नारायणगोपाल सङ्गीत कोषले यस वर्षको नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार गायक एवम् सङ्गीतकार भक्तराज आचार्यलाई प्रदान गर्ने
सरोज खनाल अबको पन्ध्र महिनापछि सँधैको लागि अमेरिका देखि नेपाल फर्कने
विवाह सम्बन्ध नयाँ उमेरको नयाँ सूत्र
नियमित यौनसम्बन्धले फाइदा
दोश्रो काठमाडौँ अन्तरराष्ट्रिय नाटक महोत्सव २०१० राजधानीमा सुरु
नेपाल टेलिभिजनको छमछमीमा मध्यपश्चिमका एक्ला प्रतिभा
घामसँगै घुम्ने घर