arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

           

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ इन्डियन आइडल बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलन मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र ? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

सेतोपाटीबाट

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
सनी लिओन स्वास्थ्यको कारण देखाउदै शाकाहारी बनिन
एकल गायनमा रामकृष्ण :बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
एक्सन नायक निखिल उप्रेतीले नयाँ फिल्म रूद्र को घोषणा गरे
दुवै बिरामी: पाँडे डिस्चार्ज, जिग्रीलाई पनि उस्तै समस्या
चलचित्र छक्का पञ्जा ले कोहिनूरको रेकर्ड तोड्यो, पाचौ हप्तामा १२ करोड रुपैयाँको व्यापार
राजु परियार र मुना थापाले किन भन्दैछन जाम अर्घाखाँची तिर (भिडियो सहित)
अर्घाखाँचीका नवगायक झबिन्द्र थापा मगरले यसपालिको दशैँ तिहारमा पाएनन बिदा
अर्घाखाँचीका गायक पदम क्षेत्रीको "भेट्न मन छ सानु" भिडियो सार्बजनिक
बलिउड हस्तीहरु सलमान, शाहरुख र आमिर खान अब एउटै फिल्ममा (ट्रेलर सहित)
चलचित्र घामपानी नायक दयाहाङ राईको जन्मदिन पारेर रिलिज हुने
अर्घाखाँचीका धर्मराज भट्टराईको घरीघरी रुन्छन प्रदेशी म्युजिक एल्बम सार्वजनिक
किन भन्दैछन पालीका बसन्त लम्सालले आउ है घर फर्की (भिडियो सहित
गायक नमराज पाण्डे भए धाेति न टाेपि (भिडियो सहित )
सबैको प्यारो माग्नेबुढाले (केदार घिमिरे) मुख खोले
झापाकी मेरिना बनिन मिस विश्वकर्मा
बिरामी माग्नेले गरे मन्त्रिलाई घोचपेच (व्यंग्य भिडियो)
गितकार शारदा मरासिनी सरुको अर्को धमाकेदार आधुनिक एल्वम मन सार्वजनिक
नेपाल कै पहिलो English दोहोरी गीत ''Oh My Dear - ओ माइ डियर'' बजारमा
अर्घाखाँचीका डा. भीष्म भूसालको पुनर्निर्माणमा जुट्न युवाहरुलाई जागरुक गर्ने नयाँ गीत सार्वजनिक
माग्ने बुढाले भने, सरकारको सहयोग चाहिँदैन अहिले (भिडियोसहित)