arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

           

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ इन्डियन आइडल बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलन मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र ? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

सेतोपाटीबाट

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा
दोस्रो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाईयो
नारीप्रधान चलचित्र लाग्यो कीर्तिपुर: विद्यार्थी
संगीतकार अम्बर गुरुङलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन
वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर
थुप्रै बलिउड फिल्ममा काम गरेका हास्य अभिनेता रज्जाक खानको निधन
अर्घाखाँची ढाकावाङ्गकी सरुको 'भन्देऊ तिम्रो रोजाईमा म' सार्वजनिक
"पिरतीको गाउँमा" म्युजिक भिडियो सार्बजनिक ! मोडलिङमा रामु खनाल
भद्रगोलका सितेबाले धुर्मुस सुन्तलीलाई ५० हजार १ रुपैयाँ दान दिए
अर्घाखाँची जुकेनाका गायक खुम राज घिमिरेको नयाँ हास्य व्यंग्य गीत स्वास्नी पोइल गइ सार्वजनिक
पूर्णकला बिसी र बिमल परियारको "हाम्रो दिन त आउदै आएन" लोक गीतको म्युजिक भिडियो सार्बजनिक
गायक उदित नारायण झालाई भारत सरकारद्वारा पद्म भूषणले सम्मान
वर्ष २०७२ का थोरै सफल चलचित्र सफल
अश्मि श्रेष्ठ मिस नेपाल- २०१६
बुटवलका हाँस्य कलाकार विष्णु पाण्डे 'माइलाबा' २ दिनको अन्तरमा २ छोरा गुमाउदाको पीडा सहन नसक्दा बेहोस सरह
साहित्यकार शान्ता अधिकारी घिमिरेको म्यूजिक भिडियो
बालिका बधु कि नायिका प्रत्युसा ब्यानर्जीले २४ वर्षको उमेरमा आत्महत्या गरिन्
अरनिको विषयमा नाटक र चलचित्र
वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वदेश फर्किए