arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

           

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ इन्डियन आइडल बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलन मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र ? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

सेतोपाटीबाट

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बुटवलका हाँस्य कलाकार विष्णु पाण्डे 'माइलाबा' २ दिनको अन्तरमा २ छोरा गुमाउदाको पीडा सहन नसक्दा बेहोस सरह
साहित्यकार शान्ता अधिकारी घिमिरेको म्यूजिक भिडियो
बालिका बधु कि नायिका प्रत्युसा ब्यानर्जीले २४ वर्षको उमेरमा आत्महत्या गरिन्
अरनिको विषयमा नाटक र चलचित्र
वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वदेश फर्किए
महाभूकम्प र क्षतिलाई झल्काउने चित्रकला प्रदर्शनी राजधानीमा शुरु
चाहिँदैन मलाई तोपको सम्मान चाहिँदैन सलामी युट्युबबाट सार्वजनिक, एसएसपी रमेश खरेलले अभिनय
नेपाली लोक दोहोरी क्षेत्रमा फेरी उदाउदै मोडल गायक सुन्दर ढकाल ! "दुई भित्ताको भोटो" बजारमा (भिडियो सहित)
सन्जिब पराजुलीको झिलमिल झिलमिल गीत सार्वजनिक
भारतको दिल्लीमा हुने विश्व साँस्कृतिक महोत्सवका लागि नेपालबाट १३० बढी कलाकारहरुले भाग लिने
लियोनार्दोलाई यस वर्षको ओस्कार अवार्ड
जेल सजाय काटिरहेका बलिउड अभिनेता संजय दत्त जेलबाट रिहा
प्रेम दिवसका अवसरमा गुलाबको फुलसँगै कण्डम वितरण गरिएको भन्दै काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थीहरुबीच झडप
धेरै वैचारिक भिन्नता र आजको यूगमा विवाह
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति भारत उडिसाका कलाकार सुदर्शन पट्टनायकले बालुवामा प्रतिमा बनाएर श्रद्धाञ्जली व्यक्त गरे
आठौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक पर्यटक मेला काठमाडौंमा हुने
सुटिङ गर्दागर्दै 'हर्ट अट्याक' भएपछि बलिउड अभिनेता राजेश विवेकका निधन
चर्चित गायिका रेखा शाह र उनका पतिविरुद्ध सार्वजनिक मुद्दा
बाबुराम भट्टराईको नयाँ शक्तिको गीत सार्वजनिक
चीनमा हिराको हार सानो भएको भन्दै युवतीद्धारा आफ्नै ब्वायफ्रेण्डले राखेको विहे प्रस्ताव अस्विकार
http://go.oclaserver.com/afu.php?zoneid=1465736