arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कको किमडाँडामा वर्षातको पानी संकलन गरेर पाखोबारीमा तरकारी खेतीtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २३, सोमवार)


नवीन केसी

किमडाँडा, अर्घाखाँची । वर्षातको समयमा परेको पानी संकलन गरेर जिल्लाका एक किसानले व्यावसायिक तरकारी खेती गरेका छन् । पहाडी भेगका अधिकांश किसानले पानी नभएर तरकारी खेती गर्न नपाएको गुनासो गरिरहँदा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडाका पुष्कर बन्जाडेले नमुना काम गरेका हुन् । उनले एक लाख लिटर क्षमता रहेका तीनवटा प्लास्टिक पोखरी, ४० हजार लिटरको सिमेन्ट पोखरी, ३० हजार लिटरको पिसाब संकलन पोखरी र २० हजार लिटरको बाथरुम तथा भाँडा माझेको पानी संकलन पोखरी निर्माण गरेका छन् । बन्जाडेले भने, 'तरकारी खेती गर्नका लागि इच्छाशक्ति भयो भने कम लागतमा पोखरी निर्माण गरेर पनि खेती गर्न सकिन्छ ।'

२५ रोपनी पाखोबारीमा व्यावसायिक रूपमा नै मौसमी तथा बेमौसमी तरकारी खेती गरेर उनले सबै खर्च कटाई मासिक एक लाख रुपैयाँ बचत गर्ने गरेका छन् । विगत १६ वर्षअघि व्यावसायिक तरकारी खेती सुरु गरेका ५२ वर्षीय बन्जाडेले सन्धिखर्कमा एउटा घर र तीनवटा घडेरीसमेत जोडेका छन् । यति मात्र नभई उनले छोरालाई समेत सिए पढाइरहेका छन् । 'पहिला शिक्षण पेसा पनि गरेँ, त्यसपछि सप्लायर्स तथा मिल चलाएँ,' आफ्नो विगत सम्झँदै उनले भने, 'तर पनि सन्तोष हुन सकिएन र ०५८ देखि तरकारी खेतीबाट केही गर्न सकिन्छ कि भन्ने लागेर यता लागेको हुँ ।'

बन्जाडेको घरमा अहिले जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका विभिन्न समूहहरू अवलोकन भम्रणका लागि आउने गरका छन् । बन्जाडेलाई यस पेसामा उनकी ४६ वर्षीया श्रीमती माया बन्जाडेले पनि साथ दिएकी छिन् । उनी मेलादेखि घरायसी काममा श्रीमान्लाई सघाउने गर्छिन् । सन्धिखर्क बजारमा तीनतले घर हुँदाहुँदै पनि बन्जाडे दम्पती गाउँमै कृषि पेसा गरेर बसेका छन् । गाउँ छाडेर खेतीयोग्य जमिन बाँझो राखी बजारमा छोराछोरी पढाउन भन्दै हिँड्नेले बन्जाडे दम्पतीबाट केही सिक्न जरुरी छ । श्रीमती माया बन्जाडे भन्छिन्, 'अहिले पनि कृषि पेसा गर्नेलाई हाम्रो ठाउँमा राम्रो मान्दैनन् । खाडीमा भेडा चराउन युवाहरू लाइन लागेर गएको सुन्छु, तर यहाँ काम गर्न लाज मान्छन् ।'

अहिले बन्जाडेको बारीमा बन्दागोभी, सिमी, भेन्डी, लौका, घिरौला, तोराय, टमाटर, काँक्रा, तिते करेली र खुर्सानीजस्ता तरकारी उत्पादन भएका छन् । वर्षात्को सिजनमा तराईका जिल्लामा तरकारी खेती नहुने हुँदा उनको बारीमा फलेका तरकारी बुटवलसम्म जाने गर्छन् । व्यापारीहरू ट्रक नै लिएर उनको फर्ममा तरकारी किन्न आउने बन्जाडे बताउँछन् । बन्जाडेको तरकारी खेतीबाट पाँचजनाले रोजगार पाएका छन् भने केहीले काम सिकेर आफैँ खेतीसमेत सुरु गरेका छन् । उनको तरकारी खेतीबाट भएको आम्दानी देखेर अन्य छिमेकीले पनि व्यावसायिक रूपमा खेती गर्न सुरुवात गरेको बन्जाडे दम्पती बताउँछन् ।

'यस गाउँका सबै पाखाबारीमा तरकारी खेती गर्ने अभियान सञ्चालन गर्ने गरी काम गर्ने सोच छ, तर गाउँका मानिसहरू न पानी छ, न माटो नै मलिलो छ भनेर टार्ने गर्नुहुन्छ,' बन्जाडे भन्छन्, 'वडाध्यक्षज्यूले तपाईंले सहयोग गर्नुपर्यो भन्नुभएको छ, अब केही हुन्छ कि ?' सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ईश्वरी भुसाल आफ्नो वडा तरकारी खेती, दूध उत्पादन र मासु उत्पादनका लागि कुखुरापालन पकेट क्षेत्र भएकाले अगुवा किसानलाई अगाडि लगाएर बृहत् कृषि रणनीतिको योजना बनाएको उनी बताउँछन् । जिल्लाको सदरमुकामका लागि चाहिने तरकारी तथा दूध अहिले पनि किमडाँडाबाट दैनिक रूपमा आपूर्ति हुने गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
फोटो फिचर अर्घाखाँचीमा तिहारको भाईटिका लगाइयो
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दुई दाजुभाइ मध्ये भाई राजकुमार श्रेष्ठको शब फेला पर्‍यो
नारायणी नदीमा बेपत्ता भएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाइ शुक्रबार राती सम्म पनि फेला परेनन्
फोटो फिचर भाई टिकाको अघिल्लो दिन सन्धिखर्क - ७ को सुन्दरता
अर्घाखाँचीमा सम्पन्न दोश्रो एसीए क्रिकेट प्रतियोगिताको उपाधी एम्स क्रिकेट क्लवको पोल्टामा
छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै
नेपाल संवत ११३८ को अवसरमा सन्धिखर्कमा र्‍याली
सन्धिखर्कका दुई दाजुभाई चन्द्र र राजकुमार श्रेष्ठकोको देवघाटमा नारायणी नदीले बगाएर बेपत्ता : प्रहरी
अर्घाखाँचीका दुई दाजुभाइ देवघाटमा श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर बेपत्ता
अर्घाखाँचीमा तिहारको बेला बिक्रीका राखिएका परिकार गुणस्तरहिन, जिल्लाभर सुरक्षा व्यवस्थामा कडाई
अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै
सन्धिखर्कका सडक कव्जा गर्दै आएका व्यापारीहरुलाई हटाउदै प्रहरी प्रशासन
काठमाडौंबाट अर्घाखाँची जादै गरेको बस दुर्घटना हुनबाट बच्यो
सन्धिखर्कमा जारी दोश्रो एसीए क्रिकेट टुर्नामेन्टमा आज ४ वटा खेल सम्पन्न, यसो छ विजयी समूहको विवरण
अर्घाखाँचीमा प्रहरीद्वारा पटाका बेच्ने चार जनालाई सार्वजनिक मुद्दा
अर्घाखाँचीमा वाम गठबन्धन भएर पनि पौडेल उम्मेदवार भए कांग्रेसले सजिलै क्षेत्र नम्बर २ जित्ने अनुमान
अर्घाखाँचीमा मौरीपालन व्यावसाय फस्टाउँदै, आधुनिक घारमा महको उत्पादन तेब्बर बढ्यो
अर्घाखाँचीमा रेडियो देउरालीले स्टुडियोबाटै गर्‍यो काग सम्मेलन
छत्रदेव गाउँपालिकाको सरस्वती मावि सुर्यथुममा स्वागत कार्यक्रम सम्पन्न