arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, एनडब्लुजीएन न्युइङ्ल्यान्डमा नयाँ नेतृत्वtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २४, मंगलवार)

world news

नेपाली महिलाहरूको विश्वब्यापी सञ्जाल न्युइङ्ल्यान्ड एनडव्लुजीएन (न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा भब्य रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
परिवर्तनका लागि साहसी बनौँ  भन्ने नाराका साथ महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको हो ।

पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. बिध्या रञ्जित, इन्कु सुबेदी, एलिना प्रधान र पूणिर्मा सेघलले महिला दिवसको सन्दर्भमा विशेष प्रस्तुति दिएका थिए ।

कार्यक्रममा पोखरेलले आफू निर्वाचन आयुक्त हुँदा सांसदमा महिलाहरूलाई ३ सय ३५ आरक्षणको लागि गरेको प्रयास सफल भएको बताए ।  कार्यक्रममा सहभागी एलिना प्रधानले महिला सशक्तिकरणका लागि शिक्षाको साथसाथै सम्पत्तिमा पनि समान अधिकार दिइनुपर्ने बताउनु भयो ।

एनडब्लुजीएनका अध्यक्ष रुक्मिनी कार्कीले संस्थाले गरेका उपलब्धिहरूको चर्चा गर्दै नारी दिवसको नारा जस्तै महिलाहरू अझ सशक्त हुनुपर्ने बताइन् ।

निर्मला शेरचनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सङ्गेर्वा कुलुङ, सुदिना श्रेस्ठ, चन्दना, दिवयानी र सिमरनको नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, सोनी खत्री, शान्ती जोशी, रुक्मिनी कार्की, जमुना श्रेस्ठ, पुष्पा गुरुङ, अन्जना उपाध्याय र रीता राणाले गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा ममता कर्माचार्यले कविता बाचन गरेकी थिइन् भने हिमालयन हेरिटेज कल्चरल एकेडेमी बोस्टनका विध्यार्थी सोयम पोखरेल र अनुभव थपलियाको सांगीतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
कार्यक्रम सञ्चालन अन्जना उपाध्याय तथा रुक्मणी बस्नेतले गरेका थिए ।  त्यसैगरी शान्ती जोशीले सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा एनडव्लुजीएन न्युइङ्ल्यान्डको नयाँ कार्यसमिति पनि घोषणा गरिएको थियो । नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा निर्मला शेरचन तथा उपाध्यक्षहरुमा शान्ती जोशी तथा कल्पना श्रेष्ठ निर्वाचित भएकी छन् । त्यस्तै महासचिवमा रीता राणा तथा सचिवमा रोशनी खनाल निर्वाचित भएकी छन् ।

कोषाध्यक्षमा रुक्मणी बस्नेत र जमुना श्रेष्ठ र बोर्ड अफ डाइरेक्टरहरुमा क्रमश रोशना घिमिरे न्यौपाने, सानुमैयाँ श्रेष्ठ, मीना पुडासैनी, इश्वरी नेपाल अधिकारी, अन्जना उपाध्याय, निर्मला अर्याल र मन्जु कुँवर निर्वाचित भएका छन् । नयाँ समितिको सल्लाहकारमा रुक्मिनी कार्की चुनिएकी छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारतको १४ औं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित
क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता
भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ को मृत्यु
चीनमा प्रजातन्त्र निम्ति अभियन्ता एवं नोबल पुरस्कार विजेता लिउ जियाबोको निधन
ब्राजिलका पूर्व राष्ट्रपति लुला भ्रष्टाचार ठहर
क्यामरुन उत्तरीक्षेत्रमा भएको आत्मघाती बम विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु
अमेरिका र रुसबीच कूटनीतिक तनाव बल्झने, ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी
अफगानिस्तानको विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा ७८ जना आतंककारी मारिए
बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको घरमा छापा
पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता
दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु
लन्डनस्थित २४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश
लिबियामा पाँच वर्षपछि रिहा भए गद्दाफीका छो
बेलायतमा आतंकवादी हमलाको त्रासका बीच आमनिर्वाचन
इरानकाे संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको अातंकवादी आक्रमण
साउदी, इजिप्ट, युएई, बहराइन र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा
अफ्रिकाको उत्तरी निजेरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु
श्रीलङ्कामा मनसुन-पूर्वको भीषण वर्षातपछिको बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित
इजिप्टले लिवियाका जिहादी समुहको शिविरमा भीषण आक्रमण