arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बुटवल उपमहानगरपालिका, देवदह र तिलोत्तमा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३१, बुधवार)

 स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ। सेतोपाटीमा समाचार छ ।  

तिलोत्तमा नगरपालिकामा यसअघि नै तालमेल गरी उम्मेदवार घोषणा गरेको भएपनि बुटवल र देवदहमा भने मंगलबार मात्रै तालमेलको घोषणा भएको हो। जसअनुसार बुटवल उपमहानगरपालिकामा मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई उम्मेदवार बनाइएको छ।

त्यस्तै देवदह नगरपालिकामा पनि मेयरमा नेपाली काँग्रेसका हिराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रका टीका न्यौपाने गौतम उम्मेदवार बनाउने सहमति भएको छ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हकिकुल्ला खाँद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा तालमेल गरिएको दुबै स्थानका उम्मेदवारहरुलाई विजयी गराउन दुबै पार्टीका नेता तथा कार्यकर्ता, समर्थक, सुभेच्छुक तथा मतदातामा अपिल गरिएको छ। १९ वडा रहेको बुटवल उपमहानगरपालिकामा ६६ हजार ८ सय ४३ मतदाता रहेको छन्।

पहिलो चरणको निर्वाचनमा कांग्रेस र माअोवादीले पोखरा र भरतपुर महानगरमा तालमेल गरेका  थिए।

काँग्रेसले बुटवल उपमहानगरपालिकामा जनमुक्ति पार्टीसँग केही वडाहरूमा तालमेल गरिसकेको छ भने उपमेयरको लागि माओवादी केन्द्रसँग तालमेलको ढोका खुला राख्दै पद खाली राखेको थियो ।

पार्टीले उपमेयरमा महिलालाई नदिई तालमेलको नाममा माओवादी केन्द्रलाई दिएको भन्दै कांग्रेसका महिला कार्यकर्ता असन्तुष्ट बनेको छन्। संविधानमै स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा एकजना महिला अनिवार्य गरिएकोमा तालमेलको नाममा महिलालाई पछाडि पारिएको कांग्रेसकी एक सदस्यले बताइन्। सेतोपाटीमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्मालाई पदबाट बर्खास्त
ताप्लेजुङमा करिव तीन वर्षको अवधिमा ७ सय ५० थान मुद्धा फर्छ्यौट
बहुप्रतीक्षित मेलम्ची पानी उपत्यकामा आइपुग्न अझै ६ महिना लाग्ने
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी
बडादशैँ नजिकिएसँगै काठमाडौंबाट बाहिरिनेको संख्यामा वृद्धि, दैनिक एक लाख यात्रु बाहिरिदैं
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत
प्रदेश नम्बर-२ मा स्थानीय निर्वाचनको मतपरिणाम अन्तिम चरणतिर
बागलुङको बरेङ पेरिवाङमा जिप दुर्घटना हुँदा दुईजना, १२ जना घाइते
पाल्पाको सिद्धबाबामा पहिरोमा परी तीनजनाको मृत्यु
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय