arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौताtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १३, आइतवार)

world news

 मागेपति तेल र ग्यास पाउने गरी सोमबार नेपाल र भारतबीच थप पाँच वर्षको इन्धन आपूर्ति सम्झौता हुने भएको छ । अर्को विकल्प नभएसम्म लागि भारतबाटै शत प्रतिशत इन्धन ल्याउने गरी नयाँ सम्झौता हुन लागेको हो ।

यसका लागि आपूर्तिमन्त्री दीपक बोहोरा, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित आयल निगमका उच्च अधिकारीहरुको टोली अाजै भारत गएको छ ।

सम्झौताको लागि आपूर्तिमन्त्रीकै नेतृत्वमा नेपाली टोली दिल्ली हिँडेपनि यसलाई गोप्य राखिएको छ । सम्झौता हुने विषय किन गोप्य राखिएको भन्नेबारे निगमका अधिकारीहरु बताउन चाहँदैनन् । सम्झौताको सबै विषय सार्वजनिक भईनसकेकाले नेपाली टोली भारत जानेबारे निगम र आपूर्ति मन्त्रालय गुपचुप रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अब नेपालले तेस्रो मुलुकबाट तेल ल्याएको खण्डमा भारतले अब्जेक्सननगर्ने र प्रशोधनसमेत गरिदिने गरी यो सम्झौता हुनेछ ।

भोलि हुने सम्झौताको अन्तिम ड्राफ्ट तयार भइसकेको छ । सोमबार आपूर्तिमन्त्री बोहोरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आयल काठमाडौंमा भारतीय आयल कर्पोरेशन र नेपाल आयल निगम (आईओसी) बीच सम्झौतामा हस्ताक्षर हुनेछ ।

तेस्रो मुलकको बाटो खुला, मागेजति तेल भारतबाटै

सम्झौताअनुसार अब नेपालले कच्चा तेल आपूर्ति गरेमा भारत भाडामा आफ्नो तेल रिफाइनरी प्रयोग गर्न दिनेछ ।
सम्झौताको लागि तयार भएको अन्तिम मस्यौदामा नेपालले आफैंले पेट्रोलियम रिफाइनरी गर्न चाहेमा भारतले आफ्नो पूर्वाधार प्रयोग गर्न दिने विषय उल्लेख छ ।

त्यसैगरी आयल निगमले नेपालभित्रै त्यस्तो रिफाइनरी सञ्चालन गरेमा तेस्रो मुलकुबाट कच्चा तेल ल्याउन आईओसीले अब्जेक्सन नगर्ने सहमति पनि भइसेको छ । यो विषयलाई पनि सम्झौता समेटिनेछ ।

सम्झौताको अन्तिम मस्यौदामा नेपालमा रिफाइनरी खोल्न आइओसीसँगको सम्झौता बाधक नहुने उल्लेख छ । आयल निगमले तेस्रो मुलकुबाट प्रशोधित तेल नै तेल ल्याउन पनि आइओसी अब्जेक्सन नगर्ने मस्यौदामा उल्लेख रहेको निगम स्रोतले जानकारी दियो ।

यसअघिका सम्झौतामा आइओसीसँग नै पेट्रोलियम ब्यापारको सुनिश्चितता गरिएको थियो । पाँच वर्षसम्म नेपालले मागे जति तेल दिने विषयमा पनि आइओसीले सहमति दिएको छ ।

चीनबाट ३० प्रतिशत तेल ल्याउने समझदारी भए पनि त्यसको कार्यान्वयन गर्न सरकार उदासीन देखिएको छ । त्यसैले निगमले अर्को विकल्प नभएको भन्दै आइओसीबाट मागको शतप्रतिशत तेल ल्याउन सकिने गरी सम्झौता गर्न लागेको हो ।

त्यसैगरी सम्झौतामा नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउने विषय पनि उल्लेख छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

नाफाको मात्रा घट्ने, आयल निगमलाई फाइदा

भारतीय आयल कर्पोशरेन (आइओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन लागिएको हो । हाल यो २.५ प्रतिशत छ ।

तर, समझौता लागू भएपछि २ प्रतिशतमा झार्ने सहमति भएको छ । अब भारतबाट आउने तेल थप सस्तो हुनेछ । यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुने विश्वास गरिएको छ ।

अन्य विकल्प नबनेसम्म भारतबाट अहिले मागको शतप्रतिशत तेल ल्याउने र नेपाललाई आवश्यक पर्दा वा भविश्यमा अन्य मुलुकबाट तेल ल्याउन पनि भारतको बाटो पनि खुला राख्ने गरी यो सम्झौता हुने आयल निगमका अधिकारी बताउँछन् । भोलि हुने सम्झौता मार्च ३१, २०२२ सम्म कार्यान्वयन हुनेछ ।

भुक्तानीको ढिलाइ स्वीकार्य

सम्झौतापछि आइओसीले इन्धनको रकम भुक्तानीमा अब केही दिन ढिला भए पनि ब्याज लिने छैन । अहिले निगमले महिनामा ८ र २३ तारेखमा आइओसीलाई तेल र ग्यासको रकम भुक्तानी गर्छ ।

एक दिनमात्रै ढिलाइ भएपनि भारतले १० प्रतिशत ब्याज लगाउने गरेको छ । भोलिको सम्झौतापछि भने समयसीमाको ३ दिनसम्म आयल निगमले रकम भुक्तानी गर्दा आइओसीले ब्याज नलिने बताइएको छ ।

सबै डिपोमा सर्भेयर

यसैगरी नेपाली ट्याकंर लोड हुने भारतका सबै सबै डिपोमा स्वतन्त्र सर्भेयर राख्ने विष्य समेत सम्झौतामा समेटिँदैछ । आईओसीले पूरा परिमाणका तेल नभरिदिने गरेको गुनासो सम्बोधन गर्न स्वतन्त्र निगरानीकर्ता राख्न लागिएको हो ।

यसपछि आइओसीका डीपोहरुमा अब तेल भर्ने कामको स्वतन्त्र अनुगमन ती सर्भेयरले गर्नेछन् । टेण्डर गरेर त्यस्तो त्यस्तो सर्भेयर छानिनेछन्, जसले आइओसीका डिपोमा बसेर नेपालमा लोड हुने तेलको परिमाणको परीक्षण गर्नेछन् ।

आइओसीका कर्मचारीले बदमासी गर्न खोजे उनीहरुले दुबै निकायमा जानकारी गराउनेछन् । ट्यांकर चालकहरुले आइओसीले भनेजति तेल नभरिदिँदा आफूहरु मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।

डिलरहरुबाट पनि त्यस्तै गुनासो बढेकाले त्यसलाई सम्बोधन गर्न अब इन्डिपेन्डेन्ट सर्भेयर राख्नेगरी सम्झौता गर्न लागिएको हो ।

वीरगञ्ज नजिकै ग्यास

त्यसैगरी आइओसीले यो सम्झौतामार्फत नेपाललाई ग्यास आपूर्तिका लागि वीरगञ्ज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने ग्यारेन्टी गरेको छ । आइओसीले अबको डेढ वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको हो ।

मुजफ्फरपुरको डिपोबाटै नै नेपालले मागेजति सबै ग्यास लोड गर्न आईओसी तयार भएको हो । मुजफ्फरपुरको निर्माणाधीन ग्यास डिपोबाट नेपाललाई पर्याप्त लोड दिने सहमति भएको छ । मुजफ्फरपुरमा ग्यास लोडिङ सुरु भएपछि रक्सौल नाका हुँदै ग्यास नेपाल भित्रिनेछ ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । मुजफ्फरपुरको डिपो सञ्चालनमा आएपछि नेपालले नेपालको सीमाबाट १२० किलोमिटरकै दूरीमा ग्यासको लोडिङ पाउनेछ । सबैभन्दा सजिलो नाका बीरगञ्ज नजिकै नेपालले ग्यासको लोडिङ गर्न पाउनेछ ।

भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ । त्यहाँ ग्यासको भण्डारण केन्ऽ पनि बनाइँदैछ । अहिले मासिक २० करोड रुपैयाँ ग्यास ढुवानीमा खर्च भइरहेको छ । मुजफ्फरपुरबाट ग्यासको लोडिङ सुरु भएपछि यो लागत घटेर मासिक २ करोडमा आइपुग्नेछ ।अनलाइनले खबर छापेको छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा
सेयर बजारमा उच्च सुधार जारी
आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो
देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व
सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावट
नेपाली हवाई क्षेत्रलाई यूरोपियन यूनियनको कालो सूचिबाट हटाउन औपचारिक पहल
सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट
लगानीका लागि नेपाल उपयुक्त : भारतीय अर्थमन्त्री