arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

पुनः संविधान संशोधन प्रस्ताव पारित हुन नदिने एमालेको निर्णयtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २६, सोमवार)


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइने स्पस्ट पारेको छ । ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौं प्रतिकूलता भएपनि पार्टी पहिलो शक्तिकारुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको तयारीमा व्यवस्थित ढंगले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुखको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश संगठन कमिटीलाई निर्देशित गरेको छ ।

साथै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि आगामी साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएका सन्दर्भमा सोहीअनुसार योजनाबद्धरुपमा लाग्नसमेत मातहत कमिटीलाई निर्देशन दिइएको विज्ञप्तिमा उख्लेख छ । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
प्रदेश नम्बर–६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालयको भागबन्डा टुंगो
काठमाडौंका भूकम्पपीडितलाई २५ लाख ऋण २ प्रतिशत ब्याजदरमा दिन पहल
कैलालीको गोदावरीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते
अबको दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने
सिन्धुलीको भद्रकाली सडकखन्डमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ जना गम्भीर घाइते
प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्ने सांसदहरुको माग
नवनियुक्त प्रधानमन्त्री ओलीद्दारा निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त
प्रधानमन्त्री ओ‌लीद्दारा दुई मन्त्री नियुक्त, लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण
प्रदेश ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलद्दारा पद तथा गोपनियताको सपथ ग्रहण
केपी ओलीद्दारा दोस्रो पटक प्रधानमन्त्री भए लगत्तै शपथ ग्रहण लिई सिहंदरबारमा पुगेर पद बहाली
रसुवाको १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति
७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्ट नियुक्त
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए
http://go.oclaserver.com/afu.php?zoneid=1465736