arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

एमाले सन्धिखर्कका उम्मेदवाहरुद्वारा उम्मेद्वारी दर्ता, आकाशमा पनि फहरायो सुर्य चिन्ह अंकित झण्डाtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ४, आइतवार)

कमल विष्ट 

सन्धिखर्क, अर्घाखाँची असार ४ ।  नेकपा एमाले सन्धिखर्क नगरपालिकाका उम्मेद्वाहरुले भव्य र्‍यालीका साथ मनोनयन दर्ता गराएका छन् । 


सन्धिखर्क नगरपालिकाका मेयर पदका  कृष्ण प्रसाद श्रेष्ठ, उपमेयर पदकी उम्मेद्वार इश्वरा पोख्रेल, १२ ओटै  वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु र सदस्य पदका उम्मेद्वाहरु टिका र मालामा सजिएर प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । सबै वडाहरुबाट उल्लेख्य मात्रामा नेता कार्यकर्ता सहभागी बनेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेका उम्मेद्वारहरुलाई साढे १२ बजेको समय उपलव्ध गराएको थियो । सबै उम्मेद्वाहरु तोकिएकै समयमा कार्यालय पुगी मनोनय दर्ता गराएका थिए ।


 एमालेका नेता कार्यकर्ता  मदन आश्रित स्मृति भवन सन्धिखर्कमा जम्मा भई र्‍यालीमा सहभागी बनेका थिए । बाजागाजा सहितको  र्‍यालीमा करिव ३ हजार ५ सय एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।  र्‍याली सन्धिखर्कको मेनरोड, मिडियाचोक, वैंक रोड टुडिखेलमा पुगेपछि बेलुनमा बाधिएको एमालेको चुनाव चिन्ह अंकित झण्डा आकाशमा उडाइएको थियो । चुनाव चिन्ह अंकित झण्डा आकाशमा उडाउदा कार्यकर्तामा उत्साह थपिएको थियो । त्यस लगत्तै उम्मेदवारहरु  निर्वाचन अधिकृतको कार्यालय पुगेको थिए । प्रचण्ड गर्मीको कुनै प्रवाह नगरि एमालेका नेता कार्यकर्ता र्‍यालीमा सहभागी बनेका थिए । एमालेका उम्मेद्वाहरुले मनोनयन दर्ता गराउने अवधिभर कार्यकर्ता टुडिखेलमा नाचगान गरेर रमाएका थिए । एमालेका चुनावी गितहरुमा नाच्दा टुडिखेल संगितमय बनेको थियो । 


नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले र्‍यालीमा उल्लेख्य मात्रामा कार्यकर्ताको सहभागिताले उम्मेदवारहरुमा थप उत्साह थपिएको बताउनुभयो । उहाँले सन्धिखर्क सँगै जिल्लाका अधिकांश स्थानीय तह र वडाहरुमा एमालेका उम्मेद्वाहरुले विजयी हासिल गर्ने दावी गर्नुभयो ।  सन्धिखर्कका मेयर पदका उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ठले असार १४ गते हुन लागिरहेको स्थानीय तह निर्वाचनमा आफूसँगै आफ्नो टिमले भारी मतका साथ विजयी हासिन गर्ने बताउनुभयो । उहाँले एमाले प्रति जनताको भरोसा उच्च रहेकाले एमालेका उम्मेदवारहरुको विजयी सुनिश्चित रहेको बताउनुभयो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिद्धाराका गाउँमा बिजुली पुगेको छैन, मोटरबाटो छैन ! सधैं आश्वासन मात्र
पाणिनी गाउँपालिकाकाे केन्द्र दुर्गाफाटमा: कांग्रेस उम्मेदवार
अर्घाखाँचीमा तालमेलले खोसिए नेत्रीका अवसर
अर्घाखाँची पुरै चुनाव केन्द्रीत, आफु २४ सै घण्टा ड्युटीमा रहेको मुख्य निर्वाचन अधिकृतको भनाई
नरपानीका जुम्ल्याहा दाजुभाई सन्धिखर्क नगरपालिका - ६ को वार्ड अध्यक्षमा प्रतिस्पर्दा
गोरसिंगेमा १९ बर्षिया युवतीलाई अर्घाखाँचीका दुई युवाद्वारा सामूहिक बलात्कार, दुवै एमाले, कांग्रेस कार्यकर्ता
अर्घाखाँचीका कृष्ण ३ बर्षपछि विदेशबाट घर फर्किदा न श्रीमति साथमा न पैसा हातमा
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर, औषधिको कमि छैन
पाणिनीको मैदानमा कांग्रेसको चुनावी प्रसारमा गएको जिप दुर्घट्ना हुँदा १ जनाको मृत्‍यु, कयौ घाइते
शीतगंगा नगरपालिकाको सिमलपानीमा चुनावी नारा भोट दिनुस् तपाईंको पुर्जा बनाइदिन्छौं
बल्कोट र केरुंगामा खानेपानी सहज बनाइदिने आश्वासन बाँडेर मत तान्ने होडबाजी
एमाले भूमिकास्थानका उम्मेदवारहरुद्वारा उम्मेदवारी दर्ता, विपक्षी तालमेलका बावाजुत कार्यकर्ता उत्साहित
अर्घाखाँचीमा विप्लव नेपाल कम्युनिस्ट पार्टीेका जिल्ला सचिवालय सदस्य चौहान गिरफ्तार
अर्घाखाँचीमा द्वन्द्वकालमा बन्दुक बोकेका उम्मेदवार
१८ हजार मतदाता रहेकाे भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा ठुलो शक्ति प्रदर्शन सहित उम्मेदवारी दर्ता, ७ हजार बढीको उपस्थिती
अर्घाखाँचीमा शान्तीपुर्ण तवरमा उम्मेद्धारी दर्ता सम्पन्न, दुई तहमा कांग्रेस माओवादीले प्रमुखमा उम्मेद्धार उठाएन (उम्मेदवारको नामावली सहित)
भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा आफ्नो उम्मेदवारी दर्ता, हजारौं समर्थकहरुको उपस्थिती (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीभर आफ्नो उम्मेदवारी दर्ता गरायो
अडगुरीका अण्डा व्यवसायीको वार्षिक कारोबार एक करोड २६ लाख रुपैयाँ
अर्घाखाँचीमा निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा, उम्मेदवारी दर्ता भोली बिहान ८ बजेदेखि ४ बजेसम्म (सम्पूर्ण विवरण सहित)