arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

४५ जिल्लामा दोश्रो चरणको निर्वाचनमा १० बजेसम्म २० प्रतिशत मत खस्यो: निर्वाचन आयोगtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा हाल मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ । बिहान सुदूरपश्‍चिमका केही जिल्लामा छिटफुट पानी परेको भए तापनि अहिले मौसम सफा रहेकाले मतदाताको उपस्थितिसमेत उत्साहजनक रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी  (बर्दघाटन सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डँडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान कार्य जारी रहेको छ । दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुहुने छ । रेडियो नेपालमा समाचार छ । 

radionepal

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
जातीय राज्यको विरुद्धमा क्षत्री, ब्राहृमण, ठकुरी, दशनामी लगायतले आहृवान गरेको नेपाल बन्दको कारण देशभरको जनजीवन प्रभाबित ,राजधानीबाट दर्जनौ बन्दकर्ता पक्राऊ, कैलालीमा ४ र दाङमा एउटा बस तोडफोड,
हिन्दू राष्ट्र घोषणा गर्न र जातीय प्रदेश नबनाउन माग गर्दै राप्रपा नेपालद्धारा जेठ पाँच गते नेपाल बन्दको आह्वान
ईस्लामिक महासंघ नेपालका फैजान अहमदको गोली हानी हत्या गर्ने गिरोह भारतीय भएको खुलासा
संवैधानिक समितिले टुंगो लाग्न बाँकी विवादित विषयमा सहमति जुट्न नसकेको भन्दै मतदान प्रक्रियामा
नवलपरासीमा बन्द आब्हानकर्ता र बिरोधीहरु बिचको बिवादले उग्ररुप, प्रहरीमाथि ढुङ्गामुढा गरेपछि २० राउण्ड अश्रुग्यास
जातीय पहिचानको आधारमा राज्यको पनुःसंरचना हुनुपर्ने माग दोहोर्‍याउँदै आमहडतालको घोषणा
चार सूत्रीय माग राखी गत नौ दिनदेखि गरिँदै आएको मिथिला क्षेत्र बन्द स्थगित
मधेसी दलहरुले स्वायत्त मधेस एक प्रदेश चर्काउने
आज मे ८ अर्थात विश्व रेडक्रस दिवस
थरुहट क्षेत्र माग्दै अखण्ड सुदरपश्चिमको विरोधको वन्दका कारण तराईको जनजीवन प्रभावित
जातीय राज्य विरुद्ध ब्राम्हण, क्षेत्री, दशनामी, दलित र पिछडा बर्ग, ठकुरीलगायतका समुदायले काठमाडौमा प्रदर्शन
चितवनमा प्याब्सन अन्तर्गतका सबै बिद्यालयहरुमा अनिश्चितकालिन हड्ताल
लामो समयदेखि अखण्ड सुदूरपश्चिमको माग अघि सारेर सुरु भएको बन्दले जनजीवन कष्टकर, औषधिको हाहाकार
जेठ १४ भित्र समावेशी र लैंगिक मैत्री संविधान जारी गर भन्दै महिलाहरुद्धारा धर्ना
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी कार्य तीब्र
प्रधानमन्त्रीले गल्ती स्वीकारेपछि एमाले फेरि सरकारमा जाने
मुख्य तीन दलको बैठकमा एमालेद्धारा वर्तमान सरकारमा नजाने पार्टी निर्णयबारे औपचारिक जानकारी
कैलालीमा तीन दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएन, ठूलो क्षति
सद्‌भावना पार्टीको पाँचौ महाधिवेशनमा राजेन्द्र महतो अध्यक्षमा निर्विरोध निर्वाचित
कांग्रेस कृष्णप्रसाद सिटौलासहित तीन जना उपप्रधानमन्त्री
http://go.oclaserver.com/afu.php?zoneid=1465736