arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

४५ जिल्लामा दोश्रो चरणको निर्वाचनमा १० बजेसम्म २० प्रतिशत मत खस्यो: निर्वाचन आयोगtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा हाल मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ । बिहान सुदूरपश्‍चिमका केही जिल्लामा छिटफुट पानी परेको भए तापनि अहिले मौसम सफा रहेकाले मतदाताको उपस्थितिसमेत उत्साहजनक रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी  (बर्दघाटन सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डँडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान कार्य जारी रहेको छ । दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुहुने छ । रेडियो नेपालमा समाचार छ । 

radionepal

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सुनसरीको पटनाली मतदान केन्द्रमा सुतलीबम विस्फोट
डडेल्धुराका ७७ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा
इलामको उच्च पहाडी क्षेत्रमा अत्याधिक चिसो बढेपछि निर्वाचन चुनौतीपूर्ण
बम आक्रमणमा परी घार्इते भएका कांग्रेस नेता गगन थापाले यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरे
पर्सामा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा, ६ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौंको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास क्षेत्रमै बम
मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने
काठमाडौं क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चा उम्मेदवार थापाद्वारा उम्मेदवारी फिर्ता, शर्मालाई समर्थन गर्ने
गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परे
दोस्रो चरणको निर्बाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह
काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी भएको एमाले ओलीको संज्ञा
मुगुमा जाडो अत्यधिक बढेसँगै भाइरल ज्वरो, दर्जनौंको मृत्यु
मोरङमा आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन थालियो
तेह्रथुममा उम्मेदवार चढेको गाडीमा बम विस्फोट, सल्यानमा भेटिएको सुतली बम निष्क्रिय
मतपेटिकामा एसिड हालिएपछि रुकुमका दुई केन्द्रमा गरिएको पुन: मतदान उत्साहजनक भएन
प्यूठानमा खुलेरै भोट माग्दै मोहन बिक्रम सिंह
कम्युनिष्ट शासन राणा शासनभन्दा पनि भयानक हुने प्रधानमन्त्री देउवाको दाबी
काँकडभिट्टाबाट काठमाडौ आइरहेको बसबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद
दाङमा विस्फोट परी मृत्यु भएका म्यादी प्रहरी चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राहत
पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदा दिने
http://go.oclaserver.com/afu.php?zoneid=1465736