arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

४५ जिल्लामा दोश्रो चरणको निर्वाचनमा १० बजेसम्म २० प्रतिशत मत खस्यो: निर्वाचन आयोगtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २१, विहीवार)

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा हाल मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ । बिहान सुदूरपश्‍चिमका केही जिल्लामा छिटफुट पानी परेको भए तापनि अहिले मौसम सफा रहेकाले मतदाताको उपस्थितिसमेत उत्साहजनक रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी  (बर्दघाटन सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डँडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान कार्य जारी रहेको छ । दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुहुने छ । रेडियो नेपालमा समाचार छ । 

radionepal

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना, दलहरु आरोप-प्रत्यारोपमा उत्रिए
आगामी प्रतिनिधिसभा,प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एक साताभित्र आइसक्ने
हुम्लामा हिमपात शुरु, निर्वाचन प्रभावित हुनसक्ने
कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी 'पेन प्याकेज' कार्यक्रम सुरु
विद्यालयमा मतदान केन्द्र राख्नु निर्वाचन आयोगको बाध्यता:- प्रमुख निर्वाचन आयुक्त
देशैभर मौसम बदली, चिसो महसुस
जाजरकोटमा भिरबाट लडेर आमा-छोराको मृत्यु
सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालय शिक्षकले तलव नपाएको भन्दै पठनपाठन ठप्प
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरका ८६ मतदान केन्द्र अति संवेदनशील
प्रधानमन्त्री देउवाद्दारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल प्रधानमन्त्री देउवाको गृहजिल्लामा बढ्दै
तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए
संखुवासभाको सभापोखरीमा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार
प्रधानमन्त्री देउवाको पश्चिम क्षेत्रको भ्रमण कार्यक्रम २८ गतेबाट, ८० सीट जित्ने दावी
आगामी निर्वाचनमा पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको सुरक्षा समितिको निष्कर्ष
लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न प्रमुख निर्वाचन आयुक्तको सचेत
काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला
पुष्पकमल दाहाल 'टुरिष्ट' उम्मेदवार: चितवन ३ नम्बर उम्मेदवार विक्रम पाण्डे
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्येष्टि
संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता
http://go.oclaserver.com/afu.php?zoneid=1465736