arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

आगामी वर्षका लागि कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदारtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १६, सोमवार)

world news

 दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको जानकारी गराएको छ ।

अबको वर्ष परीक्षा दिनेमध्येबाट ६ हजार २ सय कृषिमा र ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा उर्त्तीण हुने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।


सन् २०१८ मा यो वर्षभन्दा झण्डै ७ हजार बढी कामदार कोरिया जान पाउनेछन् खतिवडाले भने,हाम्रो निरन्तरको आग्रहलाई स्वीर्कादै कोरियाले १० हजार बढी कामदर लैजान सहमति जनाएको छ ।

यो वर्ष ३५ सय कामदार मात्रै इपीएसमा पास भएका थिए । यो वर्षका लागि इपीएसले ३१ सय कामदारको काेटा छुट्याएको थियो ।

कामदारको कोटा बढेकाले यो वर्ष कोरियन भाषा पढ्ने धेरैलाई उर्त्तीण हुन अघिल्ला वर्षहरुको तुलनामा सजिलो हुनेछ ।

अनलाइन अावेदन चैतमा 

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला हुनेछ । र, यो पटक अनलाइन फारम हुनेछ ।

चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न लागिएको छ ।  वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।

शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन ।

यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता हट्नेछ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।

आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देशक खतिवडाले बताए ।

परीक्षा कहिले ? 

अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम सब्मिट गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।

अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् ।
यसैगरी इपीएस परीक्षा जेठको अन्तिम सातामा हुनेछ ।

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

 -रबिन्द्र घिमिरे

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
http://go.oclaserver.com/afu.php?zoneid=1465736