arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकनकर्ताको भिडtext size increase   text size decrease   Print    rss (२०७४ पौष ११, मंगलवार)

world news

कृष्ण खनाल 

बुटवल  । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार' भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा विहीवारदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७४' को पाचौ दिन सोमवार दर्शकहरुको भिड अत्यधिक रह्यो । क्रिसमस दिवसका कारण सार्वजिनिक विदा परेकाले प्रदर्शनी हेर्न दर्शकहरु प्रदर्शनीस्थल बुटवल मण्डपमा ओइरिएका थिए । प्रदर्शनीमा आएका दर्शकहरुको भिडका कारण प्रवेश गर्ने गेट र बाहिरीने गेट छुट्टाछुटै बनाउनु परेको थियो । आयोजककोतर्फबाट दर्शकहरुको सुविधाका लागि बाहिरिने बाटो अलग बनाइएको थियो ।

प्रदर्शनी मुल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीका अनुसार आज मात्र प्रदर्शनी हेर्न करिव ७५ हजार दर्शक प्रदर्शनी टिकट काटेर प्रवेश गरेको अनुमान गरिएको छ । आज आएका दर्शकहरुको चापलाई व्यवस्थित गर्न गेटमा तथा भित्र स्टलमा सुरक्षाकर्मी एवं आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । प्रदर्शनी हेर्नका लागि रुपन्देही सहित पाल्पा, नवलपरासी, कपिलबस्तु, दाङबाट दर्शकहरु आएका थिए । विहान १० बजेबाट सुरु भएको टिकट विक्रिका क्रममा काउन्टरमा धेरै भिड भएपछि आयोजक समितिका पदाधिकारी तथा सदस्यहरुले आफै दर्शकहरुको सहजताका लागि टिकट काट्न सक्रिय भएका थिए । प्रवेश गेटबाट छिरेका दर्शकहरुको भिड र लाईन प्रदर्शनी स्टलमा पनि त्यत्तिकै थियो ।

अघिल्ला बर्षहरुमा जस्तै यस वर्ष पनि प्रदर्शनीमा खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रदर्शनीमा आउने दर्शकहरुलाई थप मनोरञ्जन दिने तथा खेलप्रति उत्साह जगाउदै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सोमवारदेखि भलिवल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नु भएको थियो ।

राष्ट्रिय औद्योगिक प्रदर्शनीमा समावेश गरिएको प्रथम आर.सि.आई कप भलिवल प्रतियोगिता–२०७४ मा रुपन्देही, गुल्मी, नवलपरासी र स्याङ्जा जिल्लाका ८ वटा टिमहरुले सहभागिता रहेको प्रतियोगिताका संयोजक हिरामणी भट्टराइृले बताउनु भयो । जिल्ला भलिवल संघ, रुपन्देहीसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिता लिगका आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिता अन्तरगत उद्घाटन खेल मणिमुकुन्द भलिवल क्लब ए र ब्रेभो गोर्खा बुटवलवीच भएको थियो । मणिमुकुन्दले गोर्खालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिता अन्तरगत मंगलवार जिल्ला भलिबल संघ स्याङ्गजा र पाल्पावीच खेल हुने छ ।

प्रतियोगिताको विजेता टिमलाई रु. १ लाख २५ हजार ५ सय ५५ नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरि दोस्रो हुनेले ६६ हजार नगद प्राप्त गर्ने छ । भलिवल खेल आयोजनाका लागि मण्डपमा छुटै कोर्ट तथा दर्शक बस्ने प्याराफिट निमार्ण गरिएको छ ।

प्रदर्शनीको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम अन्तरगत विभिन्न नयाँ प्रस्तुति तथा प्रतियोगिताहरु थपिदै गएपछि मञ्चतर्पmको कार्यक्रम रोचक बन्दै गएको छ । सोमवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता तथा प्रदर्शनी आइडलमा सहभागीहरुको छनौट प्रस्तुती प्रक्रिया जारी रहेको संयोजक राजेन्द्र कार्कीले बताउनु भयो । आइतवारबाट सुरु भएको दोहोरी गित प्रतियोगिता अन्तरगत सोमवार बुलबुल मिडिया प्रा.ली, बुटवल र करण फिलिम्स प्रोडक्ट, काठमाडौकावीच प्रतिष्पर्धा भएको छ । जसमा बुलबुल मिडिया प्रा.ली, बुटवल विजयी भएको छ । मंगलवार राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान रुपन्देही र गुल्मी कलाकुञ्ज, गुल्मीवीच प्रतिष्पर्धा हुने कार्यक्रम रहेको छ ।

यता प्रदर्शनी आइडल–२०७४ को टप ७ छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत सोमबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा राष्ट्रिय चर्चित गायक पुरुषोत्तम न्यौपाने, आधुनिक गायक हेमन्त शर्मा, दोहोरी गायिका सोनु लामा, दोहोरी गायक दिपु मगर, हास्य कलाकार विष्णुजी पाण्डे लगायतको रहेको थियो । मंगलवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित दोहोरी गायक शिषिर देवकोटा, दोहोरी गायीका कला पंगेनी, आधुनिक गायक सौगात शायर, टिकाराम गौतम र निरु गुरुङ उपस्थित हुने छन् । 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
शेयर बजार उकालो लागेर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी
साताभर शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा उच्च बृद्धि
घुसको अखडा बन्दै मालपोत कार्यालय बुटवल, खुलेयाम घुसको कारोवार
शेयर बजारमा सुधार जारी
वाणिज्य मन्त्रीमा जयन्त चन्द
नेपालमा कृषि: चुनौती र सम्भावना
पूँजी बजारले नयाँ रेकर्ड कायम गर्‍यो, नेप्से परिसूचक हाल सम्मकै उच्च विन्दुमा
वर्षको अन्तिम दिन शेयर बजार परिसूचक नेप्सेमा बृद्धि
हिमालय एअरलाइन्सको व्यवसायिक उडान सुरु
शेयर बजार सकारात्मक
एलजीको नयाँ शोरुम भक्तपुरको मध्यपुर थिमिमा
शेयर बजार सकारात्मक
रुपन्देहीमा माछाबाट बार्षिक १ अर्ब आम्दानी
शेयर बजारमा कारोबार परिमाणमा बृद्धि, नेप्से परिसूचकमा गिरावट
शेयरमा लगानी गर्ने रकम बैंक खातामै ब्लक हुने प्रणाली लागू
प्रथम अन्तर्राष्ट्रिय महिला व्यापार मेला शुक्रबारदेखि राजधानीमा सुरु
बुटवलमा मालपोतमा सेवाग्राहीलाई भन्दा विचौलियालाई हतारो
शेयर बजार परिसूचक नेप्से सामान्य अंकले सच्चियो
नेपाल धितोपत्र बोर्डद्वारा धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सर्तकता अपनाउन पुनः आग्रह
चालु आर्थिक वर्ष २०७२/७३ को माघ महिनासम्म नेपालको कुल वैदेशिक व्यापारमा ह्रास
http://go.oclaserver.com/afu.php?zoneid=1465736