arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता, पार्टीको नाम पहिलेनै अर्कैको नाममा दर्ता text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ ।

नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको छ ।
 
नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी आज गठन भएको नयाँ दलको नाम विवादमा परेको छ ।

मधेसी नेताहरुले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । आज एकीकृत दलको अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले  कुरा गर्दै त्यस्तो दाबी गरे । 
कान्तिपुरमा समाचार छ ।   

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा भएको एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । 

एकता घोषणामा पार्टीको चिन्ह र झण्डासमेत सार्वजनिक गरिएको थियो । पार्टीको चुनाव चिन्ह छाता रहनेछ । 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको हो ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।

सुरुमा ५ दलबीच एकता गर्ने भनिए पनि केहीबेर अघि भएको घोषणा सभाकै बीच अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा जोडिएको हो ।

६ दलबीच एकतासँगै राष्ट्रिय जनता पार्टी २५ सांसदसहित संसदको ५ औं ठूलो दल बनेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पूर्वराजा ज्ञानेन्द्र शाह पाँच दिने धार्मिक भ्रमणका लागि भैरहवामा
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)कमा नेतृत्व विवाद, कार्यवाहक अध्यक्ष राजकिशोर यादवलाई हटाइयो
उद्योग वाणिज्य महासंघले दलीय सहमतिमा बजेट ल्याउँन दबाव दिँदै
एकीकृत माओवादी फुटेपछि पहिलोपटक प्रधानमन्त्री भट्टराईद्धारा नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेट
नयाँ संविधान जारी गर्न विफल भएपछि नयाँ निर्वाचन घोषणा गरेका प्रधानमन्त्री भट्टराई पुरानो संविधानसभा पुनर्स्थापनाको पक्षमा
माओवादी र काँग्रेसले देशलाई अगुवाई गर्ने अवस्था सकिएको झलनाथ खनालको भनाई
सरकारले सयौंको संख्यामा प्रहरी परिचालन गरी काठमाडौको लाजिम्पाट-बुढानीलकण्ठ सडक विस्तार
एकीकृत माओवादी र नव गठित नेकपा-माओवादीका कार्यकर्ताबीच चितवनमा झडप
राष्ट्रिय सहमतिको निम्ति कांग्रेसले गरेको प्रस्तावलाई सत्तारुढ मधेसी मोर्चाका दुई घटकका नेताहरुद्धारा अस्वीकार
नेकपा-माओवादीका मोहन वैद्यद्धारा एकीकृत माओवादीसँगको सम्बन्धविच्छेदलाई स्वाभाविक रूपमा लिन आग्रह
बाबुराम भट्टराई सरकारले विद्युत् महसुलमा २० प्रतिशतले मूल्य बढाउने
सरकार सबै दलहरुलाई स्विकार्य हुने खालको बजेट ल्याउने तयारी: अर्थमन्त्री वर्षमान पुन
तनहुँको जामुने र बाग्लुङमा अविरल बर्षापछि आएको पहिरोले ९ जना पुरिए
बाबुराम भट्टराई सरकारले सवारी साधनमा भाडा बढाउने
संवैधानिक र राजनीतिक शुन्यता गहिरिदै जाँदा काम चलाउ भट्टराई सरकार विरुद्ध सर्वोच्चमा मुद्दै मुद्दा
अवकास प्राप्त माओवादी लडाकुहरु नेकपा माओवादी(बैद्य पक्ष) तर्फ
कीर्तिपुररमा प्रधानमन्त्री भट्टराईलाई नेविसंघ र अनेरास्वियूका विद्यार्थीद्धारा कालो झन्डा
सरकारले दलहरुबीच सहमति भए सहमतिकै आधारमा नभए वैकल्पीक उपायबाट भएपनि पूर्ण बजेट नै ल्याउने
शरदसिंह भण्डारीद्धारा नेतृत्वमा नयाँ पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी गठन
मन्त्रिपरिषद्का झन्डै आधा मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्