arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता, पार्टीको नाम पहिलेनै अर्कैको नाममा दर्ता text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ ।

नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको छ ।
 
नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी आज गठन भएको नयाँ दलको नाम विवादमा परेको छ ।

मधेसी नेताहरुले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । आज एकीकृत दलको अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले  कुरा गर्दै त्यस्तो दाबी गरे । 
कान्तिपुरमा समाचार छ ।   

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा भएको एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । 

एकता घोषणामा पार्टीको चिन्ह र झण्डासमेत सार्वजनिक गरिएको थियो । पार्टीको चुनाव चिन्ह छाता रहनेछ । 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको हो ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।

सुरुमा ५ दलबीच एकता गर्ने भनिए पनि केहीबेर अघि भएको घोषणा सभाकै बीच अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा जोडिएको हो ।

६ दलबीच एकतासँगै राष्ट्रिय जनता पार्टी २५ सांसदसहित संसदको ५ औं ठूलो दल बनेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम
स्थानीय निर्वाचनको लागि २२ जिल्लाको मतपत्र छाप्ने कार्य पूरा
वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण
स्थानीय निर्वाचनका लागि ६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता
प्यूठानको स्वर्गद्धारी जाँदै गरेको जिप दुर्घटना, एकै परिवारका ४ को मृत्यु
प्रधानमन्त्री दाहाल चीन प्रस्थान
अब देशभर पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण
स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने
देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक करोडकादरले ७४४ करोड अनुदान निकासा
अब राष्ट्रिय दल हुन निर्वाचनमा एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड
अर्घाखाँचीका प्रकाश राना बुटबल उप-महानगरपालिकाको मेयरमा उठने
पश्चिमी वायु बाटो बदल्दै पूर्वतिर सर्दै आएकाले मौसममा छिनछिनमा बदलाव
पछिल्लो समय बालबालिकामा हुने ब्लड क्यान्सरको जोखिम बढ्दै
निर्वाचनको विरोधमा रहेका मधेसकेन्द्रित दलसहित ४० दल जिल्ला निर्वाचन कार्यालय पर्सामा दर्ता
प्रधानमन्त्रीद्वारा चुनाव हुन्न कि भन्ने आशंका अवसरवादी भएको भनाई
२८ मुलुकका सैनिक पाँचखालमा, १५ दिने अभ्यास चल्ने
स्थानीय तह निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशन
राप्रपाको प्रदर्शनमा काठमाडौंमा अश्रुग्यास प्रहार स्ठिती तनाब पूर्ण
संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट हिन्दूराष्ट्र हटाइयो : आयोग
स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छापिदैं