arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता, पार्टीको नाम पहिलेनै अर्कैको नाममा दर्ता text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ ।

नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको छ ।
 
नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी आज गठन भएको नयाँ दलको नाम विवादमा परेको छ ।

मधेसी नेताहरुले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । आज एकीकृत दलको अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले  कुरा गर्दै त्यस्तो दाबी गरे । 
कान्तिपुरमा समाचार छ ।   

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा भएको एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । 

एकता घोषणामा पार्टीको चिन्ह र झण्डासमेत सार्वजनिक गरिएको थियो । पार्टीको चुनाव चिन्ह छाता रहनेछ । 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको हो ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।

सुरुमा ५ दलबीच एकता गर्ने भनिए पनि केहीबेर अघि भएको घोषणा सभाकै बीच अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा जोडिएको हो ।

६ दलबीच एकतासँगै राष्ट्रिय जनता पार्टी २५ सांसदसहित संसदको ५ औं ठूलो दल बनेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छापिदैं
निर्वाचन कुनै शक्तिले पनि अब रोक्न सक्दैन : उपप्रधानमन्त्री थापा
एमाले केपी ओलीद्वारा सरकार स्थानीय तहको निर्वाचनबाट भाग्न खोजेको आरोप
हिन्दु राष्ट्र र राजसंस्था पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिने राप्रपाको चेतावनी
स्थानीय तह कार्यान्वयन आएसँगै धनकुटाका ग्रामिण क्षेत्रका बासिन्दा उत्साहित
भारतको बिहार र दरभंगामा मजदुरी गर्दै आएका ३३ जना नेपाली बालबालिकाको उद्धार
भूकम्पले क्षतिग्रस्त सिन्धुलीका सामुदायिक विद्यालयका भवन अझै पुनर्निर्माण हुन सकेन्
आगामी स्थानीय निर्वाचनमा १ करोड ४० लाख मतदाता, २१ हजार मतदान केन्द्र रहने
देशभर लोडसेडिङ पूर्णरुपमा अन्त्य
स्थानीय निर्वाचन अवधिभर व्यक्तिका नाममा रहेका हातहतियार बुझाउन निर्देशन
एमालेद्वारा सहिद गौतम परिवारलाई पाँच लाख र दुई छोरीलाई ल्यापटप सहयोग
सत्ता पक्ष र मधेसी दलहरु द्वन्द्व र हिंसा फैलाउने प्रयासमा: ओली
स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट दिने निर्णय
प्रधानमन्त्रीद्वारा सीमांकन बाहेकका विषय टुंगो लगाएर स्थानीय निर्वाचनमा सहभागी हुन मधेसी मोर्चालाई पुनः आग्रह
आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र
गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक स्वीकृत
मधेसी मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
रामेश्वर खनालद्वारा नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा
स्थानीय तह पुनःसंरचना पारित भइ राजपत्रमा प्रकाशन भएसँगै मोरङमा स्थानीय तहहरुको नयाँ नाम र जिम्मेवारी तोकियो
स्थानीय तहको निर्वाचन र संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा काँग्रेसको जोड