arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता, पार्टीको नाम पहिलेनै अर्कैको नाममा दर्ता text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)


छ मधेसी घटकले बिहीबार एकता घोषणा गरेपछि बनेको राष्ट्रिय जनता पार्टी एक महिनाअघि नै निर्वाचन आयोगमा दर्ता भएको खुलेको छ ।

नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको उक्त दललाई गत चैत २ गते निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरी दिएको पत्रमा उक्त पार्टी दर्ता भएको छ ।
 
नाम दोहोरिने अवस्था आएमा पछिल्लो दलले नाम परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी आज गठन भएको नयाँ दलको नाम विवादमा परेको छ ।

मधेसी नेताहरुले भने पुरानो कुनै दल उक्त नाममा दर्ता भएको भए पनि अहिले उक्त नाम आयोगमा खाली रहेको देखिएकाले परामर्श लिएर दलको नाम चुनेको दाबी गरे । आज एकीकृत दलको अध्यक्ष मण्डलका एक अध्यक्ष राजेन्द्र महतोले  कुरा गर्दै त्यस्तो दाबी गरे । 
कान्तिपुरमा समाचार छ ।   

मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दलबीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा भएको एक कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । 

एकता घोषणामा पार्टीको चिन्ह र झण्डासमेत सार्वजनिक गरिएको थियो । पार्टीको चुनाव चिन्ह छाता रहनेछ । 

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको हो ।

पार्टीको अध्यक्ष महन्थ ठाकुर रहने भनिए पनि दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने निर्णय भएको बताइएको छ ।

जावलाखेलको एक निजी घरमा बिहीबार राति पौने २ सम्म चलेको एकता बैठकको समापन गर्दै नेता महन्थ ठाकुरले वैकल्पिक राष्ट्रिय शक्ति बनाउने घोषणा गरेका थिए ।

सुरुमा ५ दलबीच एकता गर्ने भनिए पनि केहीबेर अघि भएको घोषणा सभाकै बीच अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि राष्ट्रिय जनता पार्टीमा जोडिएको हो ।

६ दलबीच एकतासँगै राष्ट्रिय जनता पार्टी २५ सांसदसहित संसदको ५ औं ठूलो दल बनेको छ । कान्तिपुरमा समाचार छ ।   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
मधेसी मोर्चाको बन्द र अवरोधकाबीच एमालेको नेपालगन्जमा शक्ति प्रदर्शन
७४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने तयारी
सप्तरीमा हत्या भएको विरोधमा महान् पर्व होली पर्व बहिस्कार
स्थानीय तहमा सन्चालनका लागि ३९० कर्मचारी माग
ताप्लेजुङमा साविकको स्थानीय तहको संरचनामा फेरबदलले सेवा प्रभावित
काठमाडौंको वसन्तपुरमा होली विशेष कार्यक्रम (फोटो फिचर)
तोकिएकै समयमा स्थानीय तहको चुनाव हुनेमा शंका नगर्न देउवाको आग्रह
आगामी चैत ३ गतेभित्र तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न निर्देशन
कञ्चनपुरको पुनरवासको आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा
जुम्लामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिर)
नेपालद्वारा भारतसँग कन्चनपुर घटनाका दोषीमाथि कडा कारबाही गर्न माग
भारतद्वारा कन्चनपुरमा भएको घटना दुःखद् भएको जनाउँदै छानबिन प्रक्रिया अघि बढाएको उल्लेख
६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण, गाविस आजदेखि गाउँपालिकामा परिणत
मधेसी मोर्चा र संघीय गठबन्धनका सांसदहरुद्वारा रोस्टम घेराउ
कन्चनपुरको पुनर्वासमा भारतीय एसएसबीको गोलीबाट नेपालीको मृत्यु, स्थिति तनावपूर्ण
जाजरकोटमा यात्रीबाहक बस दुर्घटना, कम्तीमा २० जनाको मृत्यु, ४० जना घाइते
जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छः नेता पौडेल
स्थानीय चुनाव कुनै हालतमा रोकिँदैनः प्रधानमन्त्री
मोर्चाका कार्यकर्ताद्वारा सप्तरीमा प्रदर्शन, अन्य जिल्लामा बन्द खुल्यो
गौतम बुद्ध विमानस्थल बनाउन चिनियाँ कम्पनी तात्यो