नारायण भण्डारी - तुल्सिपुर, दाङ्ग
सप्ताह ब्यापी रुपमा मनाइएको ५९ औं राष्ट्रिय सहकारी दिवसको आज समापन गरिएको छ । तुलसीपुर र घोराहीमा छुट्टाछुट्टै याली तथा समारोह गरी दिवसको समापन गरिएको हो । राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक गोविन्द प्रसाद शर्माको अध्यक्षतामा घोराहीमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी क्षेत्रमा जम्मा भएको पूजी उत्पादन क्षेत्रमा लगानी गरे आर्थिक र सामाजिक विकास सम्भव हुनेमा जोड दिएका छन् ।

सहकारीमा जम्मा भएको पूजी र त्यसमा आवद्ध सदस्यहरु उत्पादन भन्दा पनि बित्तिय कारोवारमा लाग्दा अर्थतन्त्र स्वाधिन हुन नसकेको बक्ताहरुले बताएका छन् । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सहकारीको माध्यमबाट आर्थिक र सामाजिक विकास सम्भव भएको बताउनु भयो । वाइट १

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी काफ्लेले गरिवी निवारण गर्ने र नेपालीलाई स्वाभिमान बनाउने एक मात्र माध्यम सहकारी भएको बताउनु भयो ।

कार्यक्रममा बहुउदेश्यीय जिल्ला संघका सचिव तथा हाम्रो पहुँच बहुउद्द्श्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले लोकतन्त्र स्थापना पछि सहकारी क्षेत्रमा वित्तिय प्रगति उल्लेखनीय भएपनि उत्पादनमा सहकारीले लगानी नगर्दा देश स्वाभिमान हुन नसकेको बताउनु भयो । राष्ट्रलाई स्वाभिमान बनाउन सहकारी मार्फत उत्पादनमा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

बहुउद्देश्यीय जिल्ला संघका अध्यक्ष कृष्ण प्रसाद गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा डिभिजन सहकारी कार्यलय दाङका प्रमुख विनोद कुमार पौडेलले राप्तीमा सहकारीको संख्या र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहकारी अधिकृत पौडेल सहित अन्य सहकारी कर्मीहरुले गीत मार्फत सहकारी आन्दोलनको चर्चा गरेका थिए ।

दाङ बचत तथा ऋण जिल्ला संघका अध्यक्ष अञ्जन कुमार पौडेलको सञ्चालनबाट सुरु भएको कार्यक्रममा नेफ्सकुन लेखा समिति सदस्य हुमा डिसी, कृषि सहकारी जिल्ला संघका अध्यक्ष पदमा आचार्य, देउखुरी स्तरिय सहकारी सञ्जालका संयोजक शिवध्वज मल्ल, राष्ट्रिय सहकारी बैङ्क दाङ शाखा प्रमुख नारायण बेल्वासे लगायतका बक्ताहरुले सहकारी आन्दोलनलाई अगाडी बढाउन सबै एक हुनुपर्ने बताउनु भयो । उहाँहरुले सहकारी संस्थाहरु बीचको एकताले मात्र समृद्ध अर्थतन्त्रको निमार्ण हुनेमा जोड दिनुभयो ।

यसैबीच  ५९ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिले रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारीलाई सम्मान गरेको छ । पत्रकारीताको क्षेत्रबाट सहकारी आन्दोलनको विकासमा योगदान पुयाएको भन्दै रेडियोका समाचार प्रमुख भण्डारीलाई दिवसको अवसरमा सम्मान गरिएको हो । यस्तै दिवसका अवसरमा आयोजीत हाजिरिजवाफ प्रतियोगीतामा प्रथम हुने हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था सहित अन्य उत्कृष्ट संस्थाहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ ।

सहकारी दिवसको अवसरमा सम्मानित हुने समाचार प्रमुख नारायण भण्डारी, प्रतियोगीतामा सहभागी भइ प्रथम हुने कार्यक्रम संयोजक बसन्त पौडेल र लेखा प्रमुख मालिका भण्डारीलाई संस्थाले बधाइ सहति धन्यवाद ज्ञापन गरेको छ । अध्यक्ष शुक्रराज भण्डारी र सचिव देवराज भण्डारीले एक विज्ञप्ती जारी गरी संस्थाका कर्मचारीहरु सम्मानीत र पुरस्कृत हुँदा संस्थाको गौरव बढेको भन्दै बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएको हो ।

प्रतियोगितामा दोश्रो हुने नमस्ते बचत तथा ऋण सहकारी संस्था घोराही, तेश्रो हुने सहयोगी बचत तथा ऋण सहकारी संस्था तुलसीपुर र सान्त्वना हुने महाप्रभु बचत तथा ऋण सहकारी संस्था लमहीलाई पनि सम्मान सहित पुरस्कृत गरिएको छ । यस्तै दिवसको अवसरमा रक्तदान गर्ने १४ जना सहकारी कर्मीहरुलाई पनि सम्मान गरिएको छ ।

यस्तै
तुलसीपुर नगर क्षेत्र स्तरिय सहकारी समन्वय समितिको आयोजनामा तुलसीपुरको भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थीक, सामाजीक र सांस्कृतीक रुपान्तरणका लागि सहकारीको बिकल्प नभइको बताइका छन् । जिल्ला सहकारी संघका उपाध्यक्ष शेषुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका सदस्य टीका बुढाथोकीले सरकारमा महिला सहभागीता ३३ प्रतिशतमा मात्रै सिमित भैरहेका बेला सहकारीमा ४० प्रतिशत महिला सहभागीता हुनु सकारात्मक हुने बताउनु भयो ।

पूर्व सभासद समेत रहनु भएकी बुढाथोकीले हरेक क्षेत्रको बिकासमा सहकारीले महत्वपुर्ण भुमीका खेल्ने भन्दै त्यसमा महिला सहभागीता हुन आवश्यक रहेको बताउनुभयो । जिल्ला सहकारी संघका लेखा संयोजक हेमराज गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा दाङ बचत तथा ऋण सहकारी संघका सचिब रुप बहादुर खत्री, इलाका प्रशासन कार्यालय सल्यानका प्रमुख नारायण प्रसाद रेग्मी, दाङ बचत संघ लेखा समिति संयोजक रमाभक्त अधिकारी, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संघका सचिब देबराज भण्डारी, राप्ती बिश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुरेन्द्र खडका, शसक्तिकणर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमा कडेँल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण रमा आचार्यले गर्नुभएको थियो । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइएको छ । औपचारिक कार्यक्रम सुरु हुनु अघि तुलसीपुर र घोराहीमा याली निकालिएको थियो । यालीमा विभिन्न सहकारी संस्थाहरु ब्यानर सहित सहभागी थिए ।