arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

ट्रम्पको आदेशप्रति अमेरिकी अदालतले सोध्योः मुस्लिममाथि विभेद भएको हो कि होइन ? text size increase   text size decrease   Print    rss (२०७३ माघ २६, बुधवार)

world news

अमेरिकी पुनरावेदन अदालतले मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मुस्लिमप्रतिको विभेद भएको हो/होइन भन्नेमा जवाफ मागेको छ ।  

सात मुस्लिम मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा लगाइएको विषयमा सुनुवाई गर्दै न्यायाधीशले राष्ट्रपतिको कार्यकारी आदेश मुस्लिममाथिको विभेद हो/होइन जवाफ पेस गर्न भनेका हुन् ।

सन फ्रान्सिस्कोस्थित पुनरावेदन अदाललतमा भएको सुनुवाईमा न्यायाधीश रिचार्ड क्लिफ्टनले राष्ट्रपतिको आदेशले विश्वका १५ प्रतिशत मुस्लिम प्रभावित हुने भए त्यो मुस्लिमप्रतिको विभेदमा पर्छ/पर्दैन भन्ने जवाफ पेश गर्न भनेका हुन् ।

पक्षविपक्षका वकीलले आ-आफ्ना तर्क पेश गरेका छन् भने पुनरावेदन अदालतले केही दिनमा आफ्नो फैसला दिने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले इराक, इरान, सिरियासहित मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम एक सय २० दिनका लागि बन्द गर्ने कार्यकारी आदेश दिएपछि यो मुद्दा चर्केको छ ।

गत हप्ता वासिङ्टनको सियाटलस्थित संघीय अदालतले राष्ट्रपतिको निर्देशन तत्कालका लागि निलम्बित गर्न आदेश दिएको थियो ।

सियाटल अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा अपिल परेको हो । पुनरावेदन अदालतले जे फैसला गरे पनि यो मुद्दा फेरि सर्वोच्च अदालत जाने सम्भावना छ ।

धेरै जसो अदालतका न्यायाधीश राष्ट्रपतिको आदेशको विपक्षमा देखिएका छन् । तर न्याय विभागले भने राष्ट्रपति ट्रम्पको साथ दिएको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
लन्डनको दक्षिण-पश्चिम क्षेत्रमा भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते
उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि दक्षिण कोरियाको जवाफी मिसाइल प्रहार
हरियाणातर्फ जाने क्रममा यमुना नदीमा डुंगा पल्टियो, २० जनाको मृत्यु, कयौं बेपत्ता
नयाँदिल्लीको जीबी रोडस्थित देहव्यापार अखडामा भारतीय केन्द्रीय मन्त्री कै संलग्नता
इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा ३ हजार ९९ जना कैदीलाई जेलमुक्त
अमेरिकामा अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु
म्यानमारमा रोहिंज्या मुसलमानको एउटा गाउँमा ७ सयभन्दा धेरै घर जलाएर नष्ट
मुम्बईमा भारी वर्षाका कारण डुबानबाट १ करोड ६० लाख मानिस प्रभावित
भारतीय आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहरपछि हिंसामा मारिनेको संख्या ११ जना पुग्यो
यमनमा हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिए
सिरियाली शहर राक्वामा गरिएको हवाई आक्रमणमा २१ बालबालिकासहित ५९जनाको मृत्यु
भारतीय राज्य बिहारमा बाढीबाट ९१ जनाको मृत्यु, करिब ९६ लाख नागरिक प्रभावित
उत्तर कोरिया अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमला गर्ने योजनामा
चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३
अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा ५० जना सर्वसाधारणको मृत्यु
काबुलस्थित इराकी दूतावासमा आक्रमण गर्ने चारै जना आक्रमणकारीहरु मारिए
जर्मनीको एक रात्री क्लबमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु
टर्कीमा सरकार विरोधी पत्रिकाका ७ जना पत्रकार ८ महिनापछि जेलमुक्त
उत्तर कोरियाको ब्यालिस्टिक मिसाइलको निशाना अमेरिका
नाईजेरियामा बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिए