arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

कालिकोटको माल्कोटमा विप्लव माओवादीले मतपेटिका खोसेर जलाई दिए, सुरक्षाकर्मीद्वारा हवाइ फायरtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३१, आइतवार)

कालिकोटको नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार बेलुका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मतपेटिका खोसेर जलाई दिएका छन् । कान्तिपुरमा समाचार छ । 

८ सय ७९ मतदाता रहेको माल्कोटमा दिउँसो १२ बजेसम्म ५ सय ५० मत खसे पनि त्यसपछि मतदान गर्न कोही नआएको र बेलुकी ५ बजे मतदान केन्द्र बन्द गरेर गाउँपालिकाको केन्द्र कुमालगाउँ तर्फ आउने बेला विप्लव कार्यकताले ढुंगामुढा गरी मतपेटिका खोसेर जलाएका हुन् ।
 
प्रहरीले हवाइ फायरिङ गरे पनि निर्वाचन टोलीलाई घेराउ गरी मतपेटिका नियन्त्रणमा लिएर जलाएको प्रजिअ गिरीधारी सुवेदीले बताए । मतपेटिका खोसेर जलाएका हुन्, प्रजिअ सुवेदीले भने, निर्वाचन टोलीलाई रेस्क्यु गरेर कुमाल गाउँ तर्फ ल्याइँदैछ ।

उनका अनुसार मुठभेडमा ४ स्थानीय र दुई प्रहरी घाइते भएका छन् । संचार सम्पर्क गर्न नसकिएकोले घाइतेको नाम खुल्न नसकेको प्रजिअ सुवेदीले बताए ।
 
विप्लव समूहका कार्यक्रताले ढुंगामुढा गरेपछि प्रहरीले दुई राउड हवाई फायर गरेको थियो । दोहोरो झडपमा परी प्रहरी तर्फ २ र विप्लव समुहका ४ गरी जम्मा ६ जना घाइते भएका छन् । विप्लव समूहले मतदान अधिकृतसहित मतदान कार्यका लागि खटीएको टोलीलाई विद्यालयमा घेराबन्दी गरेका थिए । प्रहरीले घेरा तोड्न गोली चलाउन खोज्दा राइफल नपड्केको र विप्लव माओवादीले मसाल जुलुससहित मतपेटीका कब्जा गरी लगेको एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

प्रहरीकाअनुसार सुरक्षाका हिसाब अति संवेदनशील मानिएको माल्कोटमा मतदान सकेर फर्किने क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले सुरक्षाकर्मी माथि आक्रमण गरेका थिए । प्रहरीले सुरुमा हवाई फायरिङ गरे पनि पछि बन्दुक नपड्किएको भन्ने जानकारी आएको बताइएको छ । यसबारे कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्कासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रहरीहरु हाल सम्पर्कविहिन भएकाेले घटनाकाे पूर्ण विवरण नअाएकाे जनाउँदै प्रहरी प्रधान कार्यालयले भने घटनाकाे पुष्टि गरेकाे छ । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीको प्रभाव क्षेत्र मानिएको माल्कोटमा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनको दावी भए पनि मतपेटिका खोसेर जलाउँदासम्म नेपाली सेना, सशस्त्र कता थिए भन्ने पनि यकिन भएको छैन । प्रजिअ सुवेदीले गोली नेपाल आर्मीले नै चलाएको दावी गरे । म अहिले टेन्सनमा छु, प्रजिअ सुवेदीले भने, नेपाल आर्मी र विप्लव माओवादीबीच गोली चलेको हो । क्षतिबारे जानकारी प्राप्त भएको छैन । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने: कांग्रेस
जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित
एमालेद्वारा चार उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार चयन
राजपा नेपालले चुनावमा भाग नलिने, निर्वाचनमा अवरोध गर्ने गरी आन्दोलनको घोषणा
स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा, एमालेको अग्रता कायमै
पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार: राष्ट्रिय जनता पार्टी
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीको जित निश्चित
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सुनसरीका चार स्थानमा सेना परिचालन
एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव हुन सकेन्
समयमै दोस्रो चरणको निर्वाचन हुने काँग्रेसका सभापति देउवाको भनाई
झापा एमालेद्वारा नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए
चार दिन बित्दा पनि चाँगुनारायण नगरपालिकाको मतगणना अन्योलमा
पूर्वी तराईका तीन जिल्लामा हेपाटाइटिस-सी को जोखिम उच्च
स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त
एमालेका कारण ललितपुर महानगरपालिकाको मतगणना रोकियो
काठमाडौं महानगरको ५०% मतगणना सकियो, अझै पाँच दिन लाग्ने अनुमान
सर्वोच्चद्वारा टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाऊ आदेश