arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँची जिल्ला अदालतका नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेलtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २९, विहीवार)

Image result for जिल्ला अदालत arghakhanchi

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतको नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेल आउने भएका छन् ।  पौडेल पर्सा जिल्ला अदालतबाट सरुवा भएर अर्घाखाँची आउने भएका हुन् ।

यस्तै अर्घाखांची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोला सरुवा भएर तनहुं जिल्ला अदालत जाने भएका छन् । 
 
साथै अर्घाखाँची जिल्लाको मुख्य निर्वाचित अधिकृतिमा जिल्ला न्यायाधीश रामचन्द्र पौडेललाई तोकिएको छ । अर्घाखाँचीमा आगामी मसिंर २१  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  

Image result for न्यायाधीश केशवप्रसाद वास्तोला arghakhanchi

उता तनहुं जिल्ला अदालतमा सरुवा भएर जादै गरेका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाले अर्घाखाँची जिल्लामा जिल्ला न्यायाधीशको रुपमा रहँदा वचन दिएर एक जना अडगुरीको एकल वृद्ध महिलाको उमेर पुगेको छोरालाई उनको आफनै नाम अर्थात आमाको नामबाट नागरिकता दिलाउने कार्यमा सहयोग गर्न  नसकेको भन्दै पश्चाताप गरेका छन् । वास्तोलाले मध्यरातमा आफ्नो फेसबूक पेजमा  यसो भनेका छन्:-

म अर्घाखाँची जिल्लामा जिल्ला न्यायाधीशको रुपमा रहँदा मैले वचन दिएर गर्न नसकेको एउटै काम- एक जना अडगुरीको एकल वृद्ध महिलाको उमेर पुगेको छोरालाई उनको आफनै नाम अर्थात आमाको नामबाट नागरिकता दिलाउने कार्यमा सहयोग गर्न नसक्नु । यस कुरामा जाँदा जाँदै मलाई अत्यन्तै पश्चाताप लागेको छ । हुन त ती महिलाका छोरा जस्तै वावुको ठेगान नभएका छोराछोरीले आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्था रहेको र सर्वोच्च अदालतले समेत गृह मन्त्रालयका नाममा ती वृद्ध महिला जस्तै एकल महिलाबाट जन्मेका सन्तानलाई आमाको नामबाट नागरिकता दिन कडा निर्देशनात्मक आदेश दिएको र गृह मन्त्रालयले समेत मुलुकका सवै जिल्ला प्रशासन र क्षेत्रीय प्रशासन कार्यालयहरुलाई २०६९।१०।७ मा सो आदेश कार्यान्वयन गर्न गराउन परिपत्र गरी रहेको जानकारी यस विषयमै कानूनी लडाई लडनु हुने वरिष्ठ कानून व्यवसायी मिरा ढुङ्गानाले जानकारी दिनु भएको अवस्था छ । 

यस्तो स्थितिमा स्थानीय प्रशासनको अकर्मण्ड्यता वा अल्प वुझाईका कारणले नागरिक अनागरिक भई रहनु परेको पीडा दायक स्थिति कायम रहनु दुखद विषय हो । म ती महिलालाई न्याय प्रदान गरी निजको छोरा अनागरिक हुनबाट जोगाउन, सर्वोच्च अदालतको आदेश पालना गर्न र कानूनको शासन वहाल हुने अवस्था सिर्जना गर्न अर्घाखाँची जिल्ला प्रशासनलाई हार्दिक अनुरोध गर्दछु । साथै यस विषयमा ती असहाय महिलाको तर्फबाट वोली सहयोग पुर्‍याई दिनुहुन पत्रकार साथीहरुमा अपिल समेत गर्दछु । यस विषयमा आवश्यक परे ती असाहाय महिलाको तर्फबाट कानूनी लडाई लडन मैले अर्घाखाँची जिल्ला अदालतका वैतनिक कानून व्यवसायी पवित्रा भट्टराईलाई सर्वोच्च अदालतबाट भएको आदेशको प्रतिलिपि उपलव्ध गराएको व्यहोरा अनुरोध गर्दछु ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घा माटेमा सडकबाट ढुङ्गा खस्दा घर पूर्ण रुपमा क्षति, एक परिवार ज्यान जोगाउन सफल
ढिकुरा समाज काठमाडौंको दशै तथा तिहारको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न (तस्बिर भिडियो सहित)
त्रिबेणी सहकारी संस्था चुत्राबेसीको सम्पन्न बार्षिक साधारणसभा तथा अधिवेशनबाट चन्द्र बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन (सम्पूर्ण विवरण सहित)
बाघले बच्चा खाएपछि खाचिकोट भालुखोलाको सिंगो गाउँ शोकमा, अझै चुलो बोलेन
सन्धिखर्कमा त्रिवेणी सहकारी संस्थाकाे साधारणसभा तथा चाैथाे अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र बन्जाडे निर्वाचित (तस्बिर सहित)
वाङ्गला काठमाण्डौ सम्पर्क समाज गठन
देउराली यातायातको २ दिने प्रशिक्षण कार्यक्रम सन्धिखर्क गुन्टीखोलामा सम्पन्न
गच्छेखोला बटुवाका दिलदार हुसेन राजनीतिसँगै कृषि व्यवसायमा व्यस्त
बुटवल देखि अर्घाखाँची आउँदै गरेको जीप दुर्घट्ना
भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधीले भ्रष्टाचार बिरुद्धको म खाँदिन अभियानमा एक्यबद्धता जनाए
अर्घाखाँचीमा सेना र प्रहरीद्वारा बाघको खोजी कार्य जारी, दोस्रो दिन पनि बाघ नभेटिएपछि नयाँ रणनिती बनाउदै प्रहरी ( तस्बिर सहित)
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी भुसालद्वारा पत्रकारहरुसंग भेटघाट, कानुन विपरित कार्य गर्ने जोसुकैलाई पनि कारवाही गर्ने स्पष्ट
अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइयो ( तस्बिर सहित)
सन्धिखर्कमा दुईदिने ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण शुरु
सरुवा भएर अर्घाखाँचीबाट जादै गरेका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलालाई विदाई
अर्घाखाँचीमा बाघ मार्न सेना र प्रहरी परिचालन, पहिलो दिन खाचिकोट, ढिकुरा, कुर लगायतका क्षेत्रमा बाघ, चितुवा फेला परेन (तस्बिर सहित)
खाचिकोटको श्री चन्द्र प्रभा माबि डिहिडाँडाको ६४ औ बार्षिकउत्सव कार्यक्रम सम्पन्न
अर्घाखाँचीका एक युवाको कतारमा सडक दुर्घटनामा परि मृत्यु
राष्ट्रिय बाल दिवस मनाईदैं गर्दा अर्घाखाँचीमा चरम बाल श्रम शोषण
अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाण्डौ सम्पर्क समिती गठन