arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

काठमाडौंमा प्लास्टिकको चामल बिक्री text size increase   text size decrease   Print    rss (२०७४ आषाढ २८, बुधवार)


काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । परिसरका प्रमुख एसएसपी छविलाल जोशीले चामलबारे परीक्षण भइरहेको बताए । 

शेरचनले प्लास्टिकको चामल ल्याएर सक्कली चामलमा निश्चित परिमाणमा मिसाएर बिक्री गर्ने गरेको आशंका प्रहरीले गरेको छ । तर प्रहरीले छापा मार्दा उनले मिसावट गरेर बेच्ने भनिएको चामल गोदाममा थिएन । 

जानकारहरूका अनुसार प्लास्टिकको चामल पच्दैन र आमाशयमा लामो समयसम्म टाँस्सिएर बस्छ । यसले मानिसमा गम्भीर प्रकृतिको ग्यास्ट्रिकको समस्या गराउन सक्छ । प्रहरीले पक्राउ परेका शेरचनमाथि अखाद्य पदार्थ बिक्रीवितरणसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको छ । विभागका महानिर्देशक सञ्जीव कर्णले परीक्षणको नतिजा सकेसम्म बिहीबार आउने जानकारी दिए । कान्तिपुरमा समाचार छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
भक्तपुरका भूमि सुधार कार्यालय शाखा अधिकृतलाई चार लाख घुस सहित पक्राउ
शेयर बजारमा पुनः गिरावट
बुटवलमा एघारौ प्राङ्गगारिक कृषि मेला सुरु
ब्यबसायीहरुको हक र अधिकारका निम्ति काम गर्छु: बस्नेत
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकनकर्ताको भिड
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
http://go.oclaserver.com/afu.php?zoneid=1465736