arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह देखिन थालेको छ ।

रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।

जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।

करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।

निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।

मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।

निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।

रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बर्दियाको स्थानीय निर्वाचनमा ५३ वटा मतदानस्थललाई अतिसंवेदनशील
राजपाको धम्कीबाट आत्तिनु पर्दैन्, मधेसमा निर्वाध ढंगबाट चुनाव हुन्छ : उपेन्द्र यादव
झापामा ढिलो गरी चुनावी सरगर्मी एकाएक सुरु
दोस्रो चरणको निर्वाचनका लागि खोटाङमा उम्मेदवारको चयनपछि चुनावी माहोल तात्यो
२ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने
राजपा नेतृत्वको गठबन्धन पुनः आन्दोलनमा, निर्वाचनमा सहभागी नहुने
सुनसरीका सर्वसाधारण उत्साह र उमङ्गका साथ निर्वाचनको व्यग्र प्रतिक्षामा
निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने
सत्ता साझेदार दल र राजपाबीचको बैठक निष्कर्षविहीन, निर्बाचनमा नजाने अडान
पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा जारी
रुपन्देहीमा चुनावी चहल-पहल बढ्यो
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपा नेताहरुको अडान
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा दोस्रो चरणको निर्वाचनमा लाग्न आग्रह
स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक पारित
सप्तकोसी नदीमा आउने बाढीको तीव्र कटानले उच्च जोखिममा बराहक्षेत्र
धनकुटामा असार १४ मै निर्वाचन हुनेमा सर्बसाधारण ढुक्क हुन अझै सकेनन्
देउवा नेतृत्वको सरकारका सात प्राथमिकता
पूजाको भतेर खाँदा झापामा २७ जना बिरामी
सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन