arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह देखिन थालेको छ ।

रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।

जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।

करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।

निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।

मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।

निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।

रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अवहेलना मुद्दा दायर
सरकारले माग सम्वोधन गर्न १५ दिनको समय मागेपछि पोखरा विमानस्थलको दुई दिने आमहड्ताल फिर्ता
जारी गतिरोध अन्त्यको प्रयासमा जुटेका प्रमुख दलका नेताहरुलाई सबैभन्दा पहिला भावी राजनीतिको गन्तब्य पहिल्याउन राष्ट्रपतिको सुझाव
आज बेपत्ता नागरिकको अन्तराष्ट्रिय दिवस मनाईदै
रुपन्देहीमा अधिकतम योजनाहरुको पूर्ण बजेट खर्च हुन सकेन/वृद्ध वृदा तथा एकल महिला भत्ताको रकम धेरै फ्रिज
प्रमुख राजनीतिक दलहरुद्धारा सहमतिका आधारमा वर्तमान राजनीतिक गतिरोधको समाधान खोज्ने सामूहिक प्रतिबद्धता
प्रधानमन्त्री बाबुराम भट्टराई असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनमा भाग लिन तेहरानमा प्रस्तान
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दवाव दिन थालिएको आन्दोलन सशक्त बन्दै
प्रधानमन्त्री बाबुराम भट्टर्राईद्धारा देशवासीका नाममा सम्वोधन, आफ्नो कार्यकालमा ठूला उपलब्धी हासिल भएको दाबी
तेहरानमा हुने असंलग्न आन्दोलन नामको सोह्रौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भट्टराई भोली इरान जाने
मतभेदका बीच फेरि सरकारले चार वटा अध्यादेश राष्ट्रपति समक्ष पठाउने
करिब तीन महिनादेखि अवरुद्व माओवादी पूर्व लडाकुहरुको भर्ना, छनौट प्रक्रिया भदौ २१ गतेदेखि सुरु हुने
अझै पाँच बर्ष मुलुक लोडसेडिङ्बाट मुक्त हुन नसक्ने प्रधानमन्त्री बाबुराम भट्टराईको दावी
राजनीतिक परिस्थिति हातभन्दा बाहिर जान थालेको बताउंदै सत्तारुढ र विपक्षी दलहरुले गम्भीर आपसी छलफललाई तीव्रता दिने सहमति
चाडबाडको आगमनसँगै दैनिक उपभोग्य वस्तुमा एक्कासी मूल्यवृद्धि भएपछि सरकारले बजारमा हस्तक्षेप गर्ने
आन्दोलनरत पोखरेलीहरुको विमानस्थलको माग गर्दै चौथो दिनपनि अनशन जारी
कालिकोटमा फैलिएको भाइरल ज्वरोले चार बालिकाको मृत्यु, ६५ जना सिकिस्त बिरामी
मधेसवादी शरद सिंह भण्डारीद्धारा राज्यले विभेद गरिरहे विद्रोहबाट मधेस विखण्डनसम्म हुन सक्ने चेतावनी
भट्टराईको सरकार संविधान सभाको हत्यारा
४० वटा अध्यादेश राजनीतिक सहमतिमै राष्ट्रपति समक्ष पेश गरिने एकीकृत माओवादीको प्रतिक्रिया
http://go.oclaserver.com/afu.php?zoneid=1465736