arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह देखिन थालेको छ ।

रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।

जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।

करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।

निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।

मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।

निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।

रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कास्कीमा निर्वाचन क्षेत्रलाई घटाएमा आन्दोलन चर्कने चेतावनी
जाजरकोटमा गोप्य रुपमा नियमविपरीत १० लाखको औषधि जलाएर नष्ट
भोजपुरमा मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा सिआइबीले अनुसन्धान शुरु गर्‍यो
बाबुराम भट्टराईद्वारा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारी समिति विघटन
एकैपटकमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नसकिने निर्वाचन आयोगको संकेत
काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती
हेपाटाइटिस- डी को संक्रमण बढ्यो
अस्थायी शिक्षकले पुनः आमरण अनशन थाल्ने
सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने
समयमै पर्याप्त वर्षा नभएपछि मोरङमा धान रोपाई ढिला
कास्की र लमजुङको सिमानामा यात्रीबहाक बस खस्दा दुईजनाको मृत्यु
स्वाइन फ्लुका कारण स्याङ्जामा एकजनाको मृत्यु भएको पुष्टि
डेढ महिनापछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरे
राजधानीमा यसै वर्षदेखि बिजुलीका तार आकाशबाट हटाएर भूमिगत गर्ने काम सुरु हुने
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले सम्पत्ति विवरण अनिवार्यरुपमा बुझाउनुपर्ने
बझाङमा स्यालको टोकाइबाट वडाध्यक्षसहित २८ जना घाइते, स्थानीय त्रसित
बाढी-पहिरो पीडित र महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण:- गृहमन्त्री
बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको 'चरम लापरबाही', अहिलेसम्म ३४ % मात्र काम
मोरङ सुन्दर-हरैचाको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोप, दुई बालबालिकाको मृत्यु