arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह देखिन थालेको छ ।

रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।

जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।

करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।

निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।

मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।

निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।

रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विरोध प्रर्दशन
राष्ट्रिय जनमोर्चा र नयाँ नेपाल राष्ट्रिय पार्टी बीच एकता
नेपाली सेनाद्वारा विकसित घटनाक्रमको समीक्षा गर्दै सुरक्षा सतर्कता अपनाउने निर्णय
श्रमिक महिला को श्रम शोषण अन्त्य गर भन्ने माग सहित श्रमिक दिवस मनाइयो
एमालेद्वारा पार्टी घोषणापत्र सार्वजनिक
आज अन्तर्राष्ट्रिय मजदुर दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदैँ
कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता हुनु दुखद: कायममुकायम प्रधानन्यायाधिश पराजुली
सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय
गृहमन्त्री निधिद्वारा प्रधानन्यायाधीश विरूद्धको महाभियोग प्रस्ताव प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा
बिनाअक्सिजन नयाँ बाटो बनाउँदै सगरमाथा चढ्ने प्रयास गर्दा स्वीस मेसिनको आरोहणकाक्रममा मृत्यु
एमालेद्वारा कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएको आरोप
मोरङको उर्लाबारी-वरडंगा सडकखन्डमा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु
स्थानीय निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लंघनका १३ सय ५० भन्दा बढी उजुरी
कांग्रेस र माओवादीद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता
संविधान संशोधन प्रस्तावमाथि सत्तारुढ दल र मधेसी मोर्चाकातर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता
कांग्रेसका शीर्ष नेताहरुद्वारा स्थानीय तहलाई सुदृढ गर्न निर्वाचन जित्नैपर्ने भन्दै प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन
भारतीय एसएसबीको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले ८ वर्षपछि क्षतिपूर्ति पाउने
व्यवस्थापिका-संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ वटा संशोधन दर्ता
एमालेकी शान्ता र कांग्रेसकी मनिताले गरे संयुक्त गुहार
संशोधन र चुनाव अघि बढाउन दलहरू सहमत