arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह देखिन थालेको छ ।

रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।

जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।

करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।

निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।

मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।

निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।

रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन आयोगद्दारा ऐन, कानुन उपलब्ध गराउन र निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह
गोरखाको बारपाकमा पखालाबाट एकजनाको मृत्यु, स्वास्थ्यकर्मी परिचालन
इन्धनको मुल्य घट्यो
प्रधानमन्त्री देउवाद्दारा आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन मूख्य प्राथमिकता रहेको उल्लेख
कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित
प्रदेश नम्बर ५ का १५ विद्यालय नमुना विद्यालय घोषित, रुपन्देहीबाट कालिका, शान्ती,पशुपती, रामनेरश, खुदावगर र प्रगति मावि छनौट
बुटवल उपमहागरमा एमालेको छैठौं जित
प्रमुख निर्वाचन आयुक्तद्वारा प्रतिनिधिसभा र प्रदेश चुनाव एकै चरणमा गर्न नसकिने स्पष्ट
कन्चनपुरको पुर्नवास नगरपालिकामा मतगणनाकाक्रममा तनाव सिर्जना, सेना परिचालन
तेह्रथुमको म्याङ्लुङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
सुनसरीमा मतगणना जारी
पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बरमा ३ मा पुनः मतदान
ताप्लेजुङको याङ्माबाट २ दिनदेखि मतपेटिका ल्याउन असफल
१ र ५ नम्बर प्रदेशमा एमाले अगाडि, सातमा कांग्रेस
नागरिकताको विकल्पमा यस्तो बन्दै छ राष्ट्रिय परिचयपत्र
प्युठानको मल्लरानी गाउँपालिका १ मा राजमोको सिंगो प्यानल विजय
नवलपरासीको एक नगरपालिका र ३ वटा गाउँपालिकामा मतगणना सुरु
नवलपरासीको प्रतापपुर-१ ‍मा कांग्रेसको प्यानलै विजयी
गुल्मीको रुरु गाउँपालिकामा एमालेको अग्रता