arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहितtext size increase   text size decrease   Print    rss (२०७३ माघ २०, विहीवार)



सरकारले स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहिबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न औपचारिक आग्रह गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न आग्रह गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

यसै गरी सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गरी आवश्यक सुझाव दिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा समिति पनि गठन गरेको छ। खास गरी प्रदेश नम्बर दुई ले आयोगको प्रतिवेदनमाथि आपत्ति जनाएकाले उनीहरुको गुनासोलाई सम्बोधन गर्दै दुई हप्ता भित्र आवश्यक सुझाव दिन समिति गठन गरिएको हो । समितिमा आपूर्ति मन्त्री दिपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन्।

मन्त्रिपरिषद बैठकले शिशिर ढुंगानालाई सचिवमा बढुवा गरेको छ। उद्योग मन्त्रालयकी यामकुमारी खतिवडालाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।

आजको बैठकले चीनको गोञ्जाओको महावाणिज्य दुतमा सहसचिव रबि भण्डारीलाई पठाउने निर्णय गरेको छ। त्यसै गरी बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी आजको बैठकले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।


सेतोपाटीबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको चुनाव असार ९ गते
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, सबै ठाउँमा सामग्री र सुरक्षाकर्मीहरु पुगिसके
स्थानीय निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि समिति गठन
दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति जनता उत्साहित
स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको निर्वाचन आयोगको भनाई
राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि आह्वान
निर्वाचन आयोगद्वारा स्थानीय तह थप गर्दा जेठ ३१ मा चुनाव गर्न गाह्रो हुने सरकारलाई जानकारी
निर्वाचन आयोगद्वारा जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको तयारी तीव्र
संबिधान संशोधन बिना नै मधेसमा निर्बाचन हुन्छ : खनाल
मतगणना जारी ! सार्वजनिक परिणाममा एमाले अगाडि
मतगणना जारी ! २५० स्थानको परिणाम सार्वजनिक, कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा कायमै
स्थानीय निर्वाचनको मतगणना जारी, अहिलेसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित
मतपरिणाममा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा
दाहालले राजीनामा दिने, कामचलाउ बजेट यही सरकारले ल्याउने
स्थानीय निर्वाचनको मतगणना जारी
पहिलो चरणको स्थानीय निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न, ७१ प्रतिशत मत खस्यो
निर्वाचन उत्साहप्रद, मतदान जारी
आज २० वर्षपछि स्थानीय चुनाव हुँदै, साँझ ५ बजेसम्म मतदान
स्थानीय निर्वाचनको भरपर्दाे सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा
राष्ट्रपति श्रीलंका र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणमा