arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
प्रवास समाचार

ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ठग !text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १२, विहीवार)

world news

वर्षेनी सयौं नेपाली युवा बैदेशिक रोजगारीका लागि यूएई र ओमान जान्छन् । म्यानपावर कम्पनी र रोजगारदाताबाट ठगिएर दुःख पाउने कामदारहरु नेपाली राजदूतावासलाई आफ्नो उद्धारकर्ता ठान्दै शरणमा पुग्छन् ।

तर विडम्बना भन्नुपर्छ, लाखौं नेपाली श्रमिकको उद्धारकर्ता र ती देशको सिस्टमसँग लडेर निमुखा मजदुरलाई न्याय दिलाउनुपर्ने राजदूत पदमा स्वयं बैदेशिक रोजगारीका ठग आसिन हुने भएका छन् । सरकारले हालैमात्र ओमानका लागि नेपाली राजदूत सिफारिस गरिएकी शर्मिला पराजुली ढकाल र यूएईका लागि राजदूत बन्ने प्रतिक्षामा रहेकी आशा लामाको विवरण हेर्दा उनीहरु नेपाल सरकारका निकायबाट ठग प्रमाणित भइसकेको फेला परेको छ ।


आशाबिरुद्ध रोजगार विभागमा उजुरीका चाङ

जब ट्रयाक रिक्रुटिङ म्यानपावरविरुद्ध बैदेशिक रोजगार विभागमा उजुरीको ठूलै चाङ छ । केही उजुरीको छानविनका क्रममा म्यानपावर दोषी ठहर भएर क्षतिपूर्ति समेत तिरिसकेको पाइएको छ ।

युएईबाट फर्किएर कृष्णप्रसाद अधिकारीले आफू ठगिएको भन्दै ९ पुस, २०६९ मा उजुरी दिएका थिए । यो उजुरीमाथि छानविनका क्रममा दोषीलाई कारबाही गरिएको र पीडित अधिकारीलाई ४ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको विभागको रिपोर्टमा नै उल्लेख छ ।

ट्रयाक रिक्रुटिङ त्यही म्यानपावर हो, जसको सञ्चालिका आशा लामा छिन् । केही दिनअघि उनको नाम राजदूतका लागि सिफारिस भएपछि भने कम्पनीको वेबसाइटबाट उनको नाम हटाइएको छ ।

आशाको ठगी कति ?

आशाले चलाएको जब ट्रयाक रिक्रुटिङ म्यानपावरविरुद्ध पीडितको तर्फबाट ठगीका २३ मुद्दा परेका छन् । जसमध्ये चार मुद्दामा म्यानपावर दोषी ठहर भएका छन् र पीडितलाई क्षतिपूर्ति समेत तिराइएको छ ।

अरु मुद्दामा पनि सफाइ पाएको छैन । अधिकांश उजुरी प्रक्रियामा नै छन् । ट्रयाक रिक्रुटिङले ठगेको भन्दै विभागमा परेका उजुरीहरुमा २० हजारदेखि ७ लाख ६० हजारसम्म फिर्ता गराइदिन माग गरिएको छ ।

युएईबाट फर्किएकाहरुको १२ र साउदीबाट फर्किएकाहरुको ७ वटा उजुरी आशाको म्यानपावरविरुद्ध छ । त्यस्तै कुवेतबाट फर्किएर सोही म्यानपावरले ठगेको भन्दै उजुरी दिनेको संख्या ३ छ ।

कल्याण कटुवालले १ लाख १० हजार, अजय तामाङ र विनोद सुनुवारले ९०/९० हजार, रोशनप्रसाद दाहालले १ लाख ४० हजार, सन्तोष गुरुङले २० हजार, सविता नेपालीले ५५ हजार, खम्बाबहादुर भुजेल र मधुकृष्ण नापितले १ लाख ५ हजार तथा रामबहादुर विकले ८२ हजार रुपैयाँ दावी गर्दै विभागमा उजुरी दिएका छन् ।

यसैगरी कृष्ण बहादुर थापा, हरि बहादुर थापा, दाजुवआनन्द थापामगर र शुवर्ण पाठकले ८०/८० हजार, कामना तामाङले ४ लाख ४० हजार, लालबहादुर निरौलाले ९० हजार, ताराकुमार तामाङ र तुलसी श्रेष्ठले १ लाख १० हजार, बिहारी मुखीया, रामअवतार साह र राम सुगारथले ७५/७५ हजार, दिनेश क्षत्रीले १ लाख, अक्कल बहादुर बिष्टले १ लाख २० हजार निमाछिरी शेर्पाले ९० हजार, जगत विकले १ लाख तथा बिजु मगरले १ लाख ११ हजार ४ सय रुपैयाँ दावी गर्दै विभागको ढोका ढकढक्याएका छन् ।

यसमध्ये १६ वटा उजुरी दर्ता गर्ने युवाले अझै क्षतिपूर्ति पाएका नै छैनन् । विभागले उजुरीविरुद्ध अनुसन्धान भइरहेको बताएको छ । ६ वटा उजुरीकर्तालाई भने यो म्यानपावरबाट विभागले क्षतिपूर्ति भराएको छ ।

म्यानपावरवाली अर्को महामहिम !

ओमानका लागि नेपालका लागि राजदूतमा सिफारिस भएकी शर्मिला पराजुली ढकालविरुद्ध पनि वैदेशिक रोजगारीमा उजुरीको ठूलै चाङ छ ।

(यो पनि पढ्नुहोस्: राजदूत शर्मिला अर्थात् म्यानपावरवाली महामहिम !)

ओली सरकारको पालामा राजदूत सिफारिस भए पनि उनको नाम फिर्ता लिइएको थियो । तर, प्रचण्ड सरकारले फोरम लोकतान्त्रिकको प्रस्तावमा उनलाई नै ओमानका लागि राजदूत सिफारिस गरेको छ ।

राजदूत सिफारिस प्रक्रिया सुरु हुनुअघिसम्म उनी फ्लोरिड ह्युमन रिसोर्सकी सञ्चालक थिइन् । अहिले भने यसलाई सो म्यानपावरको स्वामित्व परिवर्तन गरिएको छ ।

फ्लोरिड त्यही म्यानपावर हो, जसले आफूलाई ठगी गरेको भन्दै युएईबाट फर्किएर जनार्दन पौडेलले १२ वैशाख २०७१ मा विभागमा उजुरी दिएका थिए । छानविनका क्रममा शर्मिला पराजुलीको म्यानपावर दोषी देखिएको छ र, ३ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिएको छ ।

शर्मिलाको ठगी फेहरिस्त

शर्मिला सञ्चालक रहेको फ्लोरिड म्यानपावरविरुद्ध उजुरीको सूची पनि छोटो छैन । फ्लोरिडविरुद्ध विभागका २४ वटा उजुरी दर्ता भएका छन् ।

फ्लोरिडले विदेश जाने युवासँग ७५ हजारदेखि ३ लाख ५० हजारससम्म ठगेको उजुरी विभागको रेकर्डमा छ । फ्लोरिडले पनि मलेसिया पठाउने बाहानामा सबैभन्दा धेरै युवालाई ठगेको छ ।

मलेसियाबाट फर्किएर फ्लोरिडविरुद्ध दायर गरिएको उजुरीको संख्या १२ छ । युएईबाट फर्किएर युवा तथा उनीहरुको समूहले ११ वटा उजुरी विभागमा दर्ता गराएका छन् । धेरै उजुरीलाई आपसी सहमतिमा रकम फिर्ता गराएर मिलाइएको विभागले बताएको छ ।

फ्लोरिडविरुद्ध विभागमा दिनेश कुमार नेपालीले १ लाख १२ हजार, यज्ञ केसीले ७६ हजार, लालु परियारले २ लाख ५० हजार, तुलसी कार्कीले ७५ हजार, हरिशरण चुवानले २ लाख ७० हजार, तिलबहादुर आलेले ३ लाख, रामकुमार महतोले १ लाख ५० हजार, देउली सुनार र कमला सम्बाहाम्फेले १ लाख ४ हजार, हेमकुमार लिम्बुले १ लाख ६५ हजार, बिमल रेग्मीले १ लाख ३० हजार, भुपाल राजले ३५ हजार, जमुना कँडेलले १ लाख २७ हजार र साइँला दनुवारले १ लाख ५० हजार ठगी गरेको दावी गरेका छन् ।

यसमध्ये ५ वटा उजुरीकर्ताले अझै ठगिएको रकमको क्षतिपूर्ति पाएका छैनन् । अन्यलाई भने म्यानपावरले आफूले ठगेको स्वीकार गर्दै रकम फिर्ता गरेको वैदेशिक रोजगार विभागको रेकर्डमा देखिन्छ । अनलाइनमा खबर छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दार